२ कार्तिक २०८१, शुक्रबार

चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

पृष्ठभूमि :

– सैनिक नियमअनुसार कुनै पनि टुकडीले आफ्नो गन्तव्यका क्रममा बाटो हरायो भने ऊ जुन चौबाटो, दोबाटो वा बिन्दुबाट हराएको हो त्यहाँ फर्कनुपर्दछ । हाम्रो महान् जनयुद्धको यात्रा आज बाटो बिराएको सैनिक टुकडी भएको छ । तारेभीरमा फसेजस्तै भएको छ माओवादी पार्टी विभाजनका करिब आधा दर्जन चिरामा छिन्नभिन्न भइसकेको छ । अझै संवेदनशील कुरा के भने माओवादी आन्दोलन व्यक्ति-व्यक्तिमा विभाजित हुँदैछ ।

जनता, सहिद परिवार, घाइते अपाङ्ग योद्धाहरू र पार्टीका बीचमा अन्तरविरोध छ । कार्यकर्ता र नेतृत्वबीच अन्तरविरोध छ । नेता र नीतिबीच अन्तरबिरोध छ । माओवादी आन्दोलन एजेन्डाविहीन हुँदैछ । यो जटिलताबाट गुजनुपर्दा इमानदार कार्यकर्ताहरु क्रमशः पार्टी र आन्दोलनबाटै पलायन भइरहेका छन् । क्रान्तिकारी प्रवृत्ति र पङ्क्ति एकपछि अर्को कमजोर बन्दै गइरहेको छ । त्यसको दुष्परिणाम के भएको छ भने आन्दोलनभित्र विभिन्नखाले गलत बिचार र प्रवृत्तिहरूले जोरजबर्जस्तीका साथ जरा गाडिरहेका छन्। विशेषतः दक्षिणपन्थी अवसरवाद दिन-प्रतिदिन झाङ्गिदै गएको छ ।

जनयुद्ध सचेत बलिदानको एक महाअभियान थियो । त्यो कुनै सामान्य लहडबाजी छदै थिएन । माओवादी आन्दोलनमा पेसेवर कार्यकर्ता र लडाकुहरूको मात्र क्रियाशीलता थिएन, आमनेपाली जनताको सहभागिता र समर्थन थियो। उत्पीडितहरूको मुक्तिमार्ग थियो । साँचो अर्थमा भन्ने हो भने जनयुद्ध नेपाली जनताको जीवनपद्धति भइसकेको थियो । त्यसैले नै यो जनयुद्धका रूपमा स्थापित भयो ।

तर विडम्बना । माओवादी आन्दोलन आज एउटा निकै सङ्कटपूर्ण मोडमा आइपुगेको छ । आधारइलाका र जनसत्ताहरूको विघटन, जनअदालतहरूको विघटन एवम् जनमुक्ति सेनाको विघटनसम्म आइपुग्दा एकाथरी मान्छेहरूले निकै खुसीयाली मनाए मनाइरहेका छन्। एक बेलाको जग्मगाउँदो माओवादी आन्दोलन आज मुर्झाएको हविगतमा देखेर उनीहरू ‘खुच्चिङ’ गरिरहेका छन्। दस वर्षको भीषण प्रक्रियाबाट आर्जन गरेका सम्पूर्ण उपलब्धिहरू गुमाउँदा माओवादी आन्दोलन दिशाविहीन गन्तव्यको यात्रीॐ भएको छ। जनयुद्धका क्रममा अभिव्यक्त महान बलिदान, त्याग, शौर्य र वीरता आज हत्या, हिंसा र आतङ्कको खेल साबित गर्ने भरमग्दुर कोसिस भइरहेको छ । आन्दोलनमा क्षति-उपलब्धि यो एक हदसम्म स्वाभाविक मान्न सकिन्छ तर आज जुन तरिका र उद्देश्यका साथ माओवादी आन्दोलनलाई विद्रूपीकरण गर्न खोजिदैछ र जुन उद्देश्यका साथ सञ्चालित अभियानले अति सजिल कठोर धक्का बेहोर्नुपरेको छ यो निकै ख्याल गर्न लायक छ ।

चुनबाङ बाटो बिराएको मोड:

हामीमा कुनै द्विविधा छैन हामी अप्ठेरो दलदलमा फसेका छौं। हामीले यो दलदलमा अझै अघि बढ्ने मूर्खता गर्नु केवल मृत्यु रोज्नु हो । अब सचेतताका साथ हामी पछि हट्नुपर्छ । हामीले यति बेला लेनिनलाई स्मरण गर्नुपर्दछ । उहाँले भन्नुभएझैँ यति बेलाको तरिका एक पाइला अघि बढ्न दुई पाइला पछि हट्नु हो । पछि हट्नुमा अब कुनै ढिलाइ गर्नु हुँदैन किनकि तत्कालका लागि त्यो नै हाम्रो जीवन हो । चुनवाङ बैठक नै माओवादी आन्दोलनको त्यस्तो मोड हो जहाँबाट हाम्रो गन्तव्यमा अनिश्चितताको सुरुआत भयो । हामीले चुनबाङमा मार्क्सवाद होइन, विश्वासवाद लागू गर्यो । कथित लोकतान्त्रिक गणतन्त्रलाई जनवादी क्रान्तिको समानान्तर बनाउँदा पनि हामीले नेतृत्वलाई विश्वास गरिरहयौं । त्यसको विरोध गरेनाैं । गलत कार्यदिशाको विरोध गर्नु नेतृत्वकै विरोध तान्या नेतृत्वलाई कति देवत्वकरण गर्यो भने उसले कुनै गल्ती नै गर्दैन भन्ने हामीले बुझ्यों उसको गल्तीको विरोध हाम्रो अपमान हो भन्ने सामन्ती रूढिवाद अंगाल्यौँ ।

सम्झौता रणनीतिको अनुसरण:

सर्वहारा वर्गले आफ्नो राजनीतिक र फौजी श्रेष्ठतामा विश्वास राख्छ । त्यसको कार्यान्वयन गर्दछ र निखार ल्याउँछ। लोकतान्त्रिक गणतन्त्रका नाममा हामीले सर्वहारावादी मान्यताहरूलाई तिलाञ्जली दियौं । जनयुद्धका मूल्यहरू त्याग्यौँ । सर्वहारा मान्यताअनुसार जनता ने इतिहासका निर्माता हुन् तर हामीले त्यसको ठाउँमा विदेशी प्रभु नै हाम्रा मुक्तिदाता हुन् भन्ने गल्ती गर्यो कथित बाबुदे सहमति गरेर उनीहरूका सामु घुँडा टेक्यों हामीले हाम्रा जनतालाई कमजोर ठान्यो । सर्वहारा वर्ग र श्रमजीवी जनतालाई कमजोर ठान्यौं । त्यसको ठाउँमा पुँजीपतिहरूलाई विश्वास गर्यो । बुर्जुवाहरूसँग घाँटी जोड्यौं । सर्वहारा सैन्य रणनीति र हाम्रो महान् जनमुक्ति सेनालाई कमजोर ठान्यौं । पुँजीपतिका लडाकु हेलिकोप्टर र बख्तरबन्दबाट अति भयौँ । युद्धको छिनोफानो हतियारले होइन, मानिसले गर्दछ भन्ने सर्वहारावादी मान्यतालाई त्यागेर हतियार प्रविधिलाई ठूलो ठान्ने बुर्जुवा पद्धति अँगाल्यौं जसको परिणाम हामीले विजयका लागि होइन, सम्झौताका लागि सबथोक भन्ने नीति अँगाल्न पुग्यौं ।

कूटनीतिका नाममा आत्मसमर्पण :

युद्धरत हरेक पक्षले आफ्‌नो विजयका लागि वार्ता र सम्झौताको समुचित सन्तुलन राखेको हुन्छ। सर्वहारा वर्गले आफ्नो विजयका लागि प्रमुख दुस्मनसँग लड्दा सहायक दुस्मनसँग कार्यगत एकता गर्ने बुद्धिमानी गर्ने पर्दथ्यो यो कुरा बुर्जुवा • वर्गका लागि पनि उत्तिकै लागू हुन्छ तर यो लडाइमा बुर्जुवा वर्ग नै श्रेष्ठ साबित भयो । बिसौं हजारको जनमुक्ति सेना, लाखको वाईसीएल, लाखौंलाख कार्यकर्ताहरू केवल रमिते बने। नेपाली जनताको विजयका लागि उचित मौकाहरूमा उचित प्रकारको वार्ता सम्झौताहरू हुनु अन्यथा हुँदैनथ्यो तर वार्ता र कूटनीतिलाई लक्ष्यभन्दा माथि राखेर वार्ता र कूटनीति नै सबथोक बन्यो । हुँदाहुँदा वार्ता र कूटनीतिलाई जनयुद्ध र जनआन्दोलनको समानान्तर रणनीतिको स्तरमा राखियो । अन्ततः नेतृत्वले दुस्मनसामु घुँडा टेक्यो र यसले आत्मसमर्पणवाद पैदा गन्यो ।

माओवादको परित्यक्तता :

हरेक वार्ता र सम्झौता सर्वहारा वर्गीय हितको मातहतमा हुनु पर्दछ । सम्झौता र वार्ताको मातहतमा जनता र राष्ट्रको हित एवम् सर्वहारावर्गीय लक्ष्य हुनै सक्दैन । लेनिन र माओले पनि वार्ता र सम्झौताहरूलाई उचित स्थान दिनुभएको थियो । लनिनले तत्कालीन जर्मनसँग सन् १९१८ मा ब्रेष्ट हितोमस्क सन्धि गर्नुभएको थियो । हिटलरको फासीवादी एवम् साम्राज्यवादी युद्धलाई एकहदसम्म छेल्न उक्त सम्झौता सहयोगि भएको थियो। अन्यथा ल्याउनुपर्दछ । भर्खरै तग्रिंदै गरेको रुसको समाजवादी सत्ताको लागि हिटलरको सामना निकै मुस्किल हुन सक्थ्यो । लेनिनको उक्त कदम निकै दूरदर्शी साबित भयो ।

चीनमा माओले सन् १९४५ मा तत्कालीन सत्ताधारी च्याङ्काईशेकसँग युद्ध विराम र वार्ताको प्रस्ताव गर्नुभएको थियो । माओले उक्त वार्ताका क्रममा चिनियाँ जनमुक्ति सेना र चिनियाँ जनताको जनवादी सत्ताहरूलाई विघटन गर्नुभएन । जनमुक्ति सेनाका डिभिजनहरू घटाइए तर सङ्ख्या घटाइएन । कैयाँ आधारइलाकाहरू छोडिए तर जनसत्ताहरू विघटन गरिएनन् जब कि नेपालमा त्यसको ठीक उल्टो भयो । यहाँ सबभन्दा पहिला जनसत्ताको विघटन गरियो । जनअदालतहरू भङ्ग गरियो । जनमुक्ति सेनाका डिभिजनहरू घटेनन्, सङ्ख्या घटाइयो । सेनाभित्र छलफल र बहसलाई निषेध गरियो । जनमुक्ति सेनालाई नितान्त बुर्जुवाकरण गरियो । विचार र श्रमबाट सेनालाई अलग गराइयो । यो मार्क्सवाद-लेनिनवाद-माओवाद विशेषतः माओवाद परित्यक्तताको परिणाम हो ।

उपर्युक्त प्रमुख कारणहरूले नै हो शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि नेतृत्वको कार्यशैली निकै छद्म र अपारदर्शी बन्न थाल्यो । उसले आन्दोलनका सकारात्मक पक्ष र सम्भावनाहरूलाई देख्न र देखाउन छाडेर नकारात्मक परिघटनाहरूलाई मात्र उदाहरण पेश गर्न शुरू गन्यो । प्रशिक्षणहरूमा जनयुद्धका विरुद्ध खुलेआम बोल्न सुरु गरियो । त्यसले आन्तरिक पक्तिलाई उत्साहित पार्ने होइन बरु निराश र थकित बनायो । जसको परिणाम अवसरवाद र संशोधनवादको दलदलमा नेतृत्व क्रमशः सुन्न थाल्यो। वलिदानप्रति आमकार्यकर्तामा पश्चातापबोध सुरु हुन थाल्यो । आन्दोलनमा एक प्रकारको नकारात्मक विपत्ति आइलाग्यो ।

यो विपत्तिबाट आन्दोलनलाई बचाउन पार्टीभित्र नेतृत्वको रूपान्तरणका लागि थुप्रै कोसिस भए तर त्यो कामलाग्दो भएन । अन्ततः हामीले पुरानो पार्टीबाट विद्रोह गर्यो नयाँ पार्टीको गठन गरेका छौं तर हामी खतरामुक्त भने अझै भइसकेका छैनौँ पार्टीको पुनर्गठन भए पनि आन्दोलनको पुनर्गठन भएको छैन । हामी उभिएको धरातल आधारभूत रूपले एउटै छ हाम्रो राजनीतिक कोर्स फेरिएको छैन ।

अब के गर्ने ?

सबभन्दा पहिला हामीले हाम्रो राजनीतिक कोर्स फेर्न सक्नुपर्छ । त्यसले आवश्यक ठानेको आन्दोलनको उठान गर्नुपर्दछ । तब मात्र हाम्रो धरातल क्रमश: फेरिदै जान्छ र हामीलाई रूपान्तरित हुन सजिलो हुन्छ । अन्यथा जतिसुकै बल गरे पनि दलदलमा जाकिएको मान्छेका लागि जति चुरीफुरी गन्यो, उति भासिनुजस्तै हुन्छ हालसम्मको परिणामले चुनवास र बाइबुंदेलाई गलत साबित गरिसकेको छ त्यसलाई आमजनतामा स्पष्ट पार्नुपर्दछ । संविधानसभा सम्पूर्ण रूपले भइसकेको थियो । पश्चगमनको थलोमा रूपान्तरण भइसकेपछि पनि लोकतान्त्रिक गणतन्त्र भनिराख्नुको अब कुनै अर्थ छैन । जनतामाझमा जनसत्ताको बहस फेरि अगाडि

नेपालको इतिहासमा यहाँको सत्ता राजनीतिमा एउटा गजबकै चमत्कार भयो। सेनासहितका शक्ति, राजा र माओवादी दुवै हारे। तर जोसँग सेना थिएन, उनिहरु विजयी भए । यो केही अनौठो पनि जनाएको छ ।

हो र यसको समीक्षा राम्रोसँग गर्न सक्नुपर्छ । विदेशी शक्तिकेन्द्रहरू तीनतिरै खेलिरहेका थिए- राजा, माओवादी र संसदवादी सात दलहरूभित्र । त्यसमध्ये उपयुक्त पात्र र अनुकूल नीति उनीहरूले दलहरूमै भेटे अब दोस्रो कुरा बाँकी थियो सहयोगी कसलाई बनाएर लैजाने भन्नेमा ? त्यसका लागि उनीहरूले शाही सेना देखाएर माओवादी तर्साउने र जनमुक्ति सेना देखाएर राजालाई तर्साउने खेल खेले । अन्ततः जनमुक्ति सेनाका सुप्रिम कमान्डर एवम् शाही नेपाली सेनाका परमाधिपति दुवैजना बर्दी खोलेर नाङ्गै पारिए । दुवैको सेनाले दुवैलाई काँध थाप्न सक्ने स्थितिको अन्त्य भैसकेको थियो ।

साँचाे अर्थमा भन्ने हो भने यति बेला रूपमा माओवादी आन्दोलन हारेको देखिए पनि नेपालको इतिहासमा परिवर्तन र राष्ट्रवादको धारा दुवै सँगसँगै पराजित भएका छन्। संस्कार र चिन्तनका दृष्टिले राजाहरू राजतन्त्र र सामन्तवादभन्दा माथि उठ्न सकेनन् तर अर्को सत्य के पनि हो भने राजसंस्था राष्ट्रवादीहरूको ओत लाग्ने थलो थियो । उता माओवादीका सामु पनि केही चुनौती र सम्भावनाहरू सतहमा प्रस्टै देखापर्दै थिए। माओवादीले दरवार हत्याकाण्डको राम्रो विश्लेषण गर्न सकेन । सच्चा राष्ट्रवाद माओवादीमा सड़केन्द्रण भइसकेको थियो । उसले त्यसलाई दूरदर्शी र बलियो नेतृत्व प्रदान गर्नुपर्ने ठाउँमा उल्टो प्रजातन्त्रका नाममा दलाल पुँजीवादको फेरो समात्न पुग्यो परिणामले माओवादी नेतृत्व अदूरदर्शी र अवसरवादी ठहरियो ।

अतः इतिहासका भुलहरूबाट गम्भीर शिक्षा लिदै माओवादी पार्टीले आफूलाई पुनसंगठित गर्ने पर्दछ । दलाल पुँजीवादका विरुद्ध राष्ट्रवादीहरूको समेत सहयोग लिएर नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि माओवादी इमानदार भएर उभिनुपर्दछ । पार्टीभित्र अवसरवाद र दक्षिणपन्थी संशोधनवाका विरुद्धको आन्दोलनको नेतृत्व अबको माओवादीले लिनु पर्दछ । देशलाई असल नेतृत्व र जनतामा असल नायकत्व प्रदान गर्ने अवसर फेरि पनि माओवादीलाई मात्र छ बरु त्यसका लागि विगतका गल्ती, कमजोरीहरू जुन जुन ठाउँमा भए, त्यहाँ- त्यहाँनिर सच्याउने हिम्मत गरौं त्यसका लागि इमानदार बन दस वर्षको महान बलिदानप्रति पश्चाताप होइन, गौरव गरौं किनकि जनताको भविष्य र राष्ट्रको अस्तित्वमा मात्र माओवादीको भविष्य र अस्तित्व सम्भव र आवश्यक छ ।