२ कार्तिक २०८१, शुक्रबार

प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ।

प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि तेश्रै स्थानमा छ। पहिलो स्थानमा एमाले र दोस्रो स्थानमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १०:३०  बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो ।

११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ । यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ ।

यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाउँदा जसपाको मत ३ लाख ५८ हजार रहेको छ । यस्तै थ्रेस होल्डको नजिक रहेको जनमत पार्टीले ३ लाख १ हजार मत पाउँदा एकीकृत समाजवादी पार्टीले २ लाख ६४ हजार मत पाएको छ ।