२८ फाल्गुन २०८१, बुधबार

कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

जाजरकोट : जाजरकोट कालेगाँऊमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको मन्दिर नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

खलङ्गाबाट निर्माण सामाग्री लगेर कालेगाउँ तर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी बिहान ८:३५ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।