
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताको साथ सम्पन्न
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताको साथ सम्पन्न भएको छ ।
काठमाडौंको थापा गाउँमा रहेको काठमाडौं बेङ्क्युटमा नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम महासंघका महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रमको बिशेष अतिथिमा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिवेक), ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवाल , सामुदायिक सेवा केन्द्र चाबहिलका उपाध्यक्ष तथा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी रहनु भएको थियो भने महासंघका निवर्तमान बरिष्ठ उपा...