२०८३ असार ११, बिहीवार

Tag: Anugaman

तारकेश्वर नगरपालिका वडा नं. १०अवस्थित विभिन्न पानी आपूर्ति गर्ने कम्पनीहरुमा वडा कार्यालयको अनुगमन

तारकेश्वर नगरपालिका वडा नं. १०अवस्थित विभिन्न पानी आपूर्ति गर्ने कम्पनीहरुमा वडा कार्यालयको अनुगमन

समाचार
काठमाडौं — तारकेश्वर नगरपालिका वडा नं. १० मा अवस्थित विभिन्न पानी आपूर्ति गर्ने कम्पनीहरू विरुद्ध स्थानीय बासिन्दाबाट गम्भीर गुनासो आउन थालेपछि व्यापक अनुगमन गरिएको छ। बोटल, जार तथा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै आएका कम्पनीहरूले प्रचलित कानुनी मापदण्डको बेवास्ता गर्दै जमिनमुनिको पानी अत्यधिक दोहन गरेको आरोप उठेपछि यो कदम चालिएको हो। वडा अध्यक्ष कुमार राई को अगुवाइमा गरिएको अनुगमनका क्रममा धेरै कम्पनीहरूले आधारभूत स्वास्थ्य तथा गुणस्तर मापदण्डसमेत पूरा नगरेको भेटिएको छ। स्थानीयवासीका अनुसार पछिल्लो समय अत्यधिक भू–जल दोहनका कारण टोलभरिका इनार तथा बोरिङहरू सुक्न थालेका छन्, जसले खानेपानी संकट झनै गहिरिँदै गएको छ। अनुगमन टोलीले केही पानी उद्योगहरूमा गम्भीर लापरबाही देखेको जनाएको छ। नियमित रूपमा पानीको गुणस्तर परीक्षण नगरी ट्याङ्करमार्फत बजारमा आपूर्ति गर्ने, कुच्चिएका तथा अस्वच्छ ज...