२ माघ २०८१, बुधबार

Tag: संयुक्त अपाङ्ग एकता आवाज केन्द्र

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

संस्कृति, समाचार
काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित रहेका ५८ जना बालबालिकाहरुको लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने आश्रम सञ्चालनको खर्च जुटाउन बैशाख ६ गते शुरूवात भई बिहिवार एक औपचारिक कार्यक्रम बीच श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) सम्पन्न भएको हो। संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका बालबालिकाहरुको सहयोगार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ, पितृमोक्षका साथै संस्थामा आश्रित १०जना बटुकहरुको ब्रतबन्ध र ६ जना कन्याहरुलाईं सामुहिक गुन्यु चोली प्रदान गरिएको अध्यक्ष तिलबहादुर कार्कीले जानकारी दिनुभयो । महायज्ञको औपचारिक समापनमा मुल आयोजक स...
५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

संस्कृति, समाचार
काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ । सो अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथै श्रृङ्गारिक महा–आरती महोत्सव पनि हुनेछ । वैशाख ६ गते बिहान कलश यात्रा हुनेछ । महायज्ञमा कथावाचन सुप्रसिद्ध पं. चन्द्रकान्त काफ्लेबाट हुनेछ । संयुक्त अपाङ्ग एकता आवाज केन्द्र बरिस्ठ समाजसेवी तिल बहादुर कार्कीले स्थापना गर्नु भएको हो भनें अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेमा छन् । संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स...