११ श्रावण २०८१, शनिबार

Tag: राेहित

तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : दलाल पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानका क्रममा गिरफ्तार भएर तीन वर्ष जेल जीवन व्यतित गरी हालै रिहा भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनका नेता तथा पार्टीको जनकपुर ब्युरो कार्यालय सचिव रहेका रोहित ढकाललाई नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय कार्यालयले स्वागत गरेको छ । ढकाललाई शुक्रबार पार्टीको केन्द्रीय कार्यालयले स्वागत अभिनन्दन गरेको हो । रोहितलाई स्वागत गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले उनको गिरफ्तारी र रिहाइपछिको समयसम्म राजनीतिमा धेरै उथलपुथल भइसकेको परिस्थितिबारेमा जानकारी गराए । संयोजक कञ्चनले सबै कारागारमा अन्यायपूर्वक जेलजीवन बिताइरहेका साथीहरूको रिहाइका लागि कसरत गरिरहेको पनि बताए । आफ्नो पार्टी नयाँ कार्यक्रम र कार्यदिशासहित अघि बढिरहेको अवस्थामा नयाँ स्पिरिटका साथ अगाडि बढ्नुपर्ने संयोजक कञ्चनले...