२४ असार २०८२, मंगलवार

Tag: “राष्ट्रिय दलित जागरण अभियान”

“राष्ट्रिय दलित  मुक्ति अभियान”डोटीमा संगठन बिस्तार गर्दै

“राष्ट्रिय दलित मुक्ति अभियान”डोटीमा संगठन बिस्तार गर्दै

समाचार
काठमाडौं । “राष्ट्रिय दलित मुक्ति अभियान”ले आफ्नो संगठन बिस्तार गर्ने क्रममा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका एक कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रिय दलित जागरण अभियान”का केन्द्रिय अध्यक्ष प्रेम बि.सी.को प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य सुमन देवाल लगायतको आतिथ्यतामा दलित अगुवा तथा बुद्धिजीविहरुको एक भेलाले खिना सुनारको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको छ । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष प्रेम बि.सी.ले दलित समुदायको मुक्तिको लागि वर्तमान अवस्थाका राजनैतिक पार्टीहरुले केहि गर्न नसक्ने भन्दै ६० लाख दलित सुदायलाईआफ्नो मुक्तिको लागि एक हुन आह्वान गर्नु भयो । अध्यक्ष बि.सी.ले आफु लामो समय राजनैतिक पार्टीमा रहेर काम गर्दा त्यहाँबाट दलित मुक्तिको सम्भावना एकदमै न्युन देखेपछि पार्टीको झोला बिसाएर मुक्ति अभियानमा होमिएको बताउँदै राजनैतिक चेतना भएको आम दलित समुदायलाई अब पुराना द...