११ कार्तिक २०८१, आईतवार

Tag: बेबी मूर्ति प्रदर्शन

विश्व बौद्ध धर्म संघद्वारा  बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न

विश्व बौद्ध धर्म संघद्वारा बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न

समाचार
लुम्बिनी / विश्व बौद्ध धर्म संघले शान्तिकादूत भगवान गौतम बुद्धको बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न गरेको छ। २५६८ औँ बुद्ध जयन्तीको अवसरमा विश्व बौद्ध धर्म संघले बिहिवार लुम्बिनीमा आयोजना गरेको बेबी बुद्धका मूर्ति अनावरण कार्यक्रमको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले एक समारोहबीच बेबी बुद्ध मूर्ति प्रदर्शन गरेका हुन । विश्व बौद्ध धर्म संघ र लुम्बिनी विकास कोषको सहकार्यमा संचालित सुभनिअर प्रोजेक्ट अन्तर्गत रहेको कार्यक्रममा मूर्ति प्रदर्शन गर्दै मन्त्री तामाङले विश्व शान्तिका प्रतिक शाक्यमुनि बुद्धले प्रतिपादन गर्नुभएको दर्शन सबै मानव समुदायका लागि प्रेरणादायी रहेको बताउँदै पवित्र उद्देश्यले थालनी गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो। विभिन्न सम्प्रदायका बौद्ध अनुयायीको आस्थामा आँच पुर्याउन नहुनेमा जोड दिँदै उहाँले सबै धर्मालम्बीहरूको भा...