११ श्रावण २०८१, शनिबार

Tag: नयाँ भेरिएन्ट

छिमेकी मुलुकमा देखियकाे काेराेनाकाे भेरिएन्ट नेपालमा छैन स्वास्थ्य मन्त्रालय

छिमेकी मुलुकमा देखियकाे काेराेनाकाे भेरिएन्ट नेपालमा छैन स्वास्थ्य मन्त्रालय

समाचार, स्वास्थ
नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ। नेपालमा छिमेकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको छैन।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको बीएफ ७ नामक प्रजातिको नयाँ भेरिएन्ट नेपालमा फेला नपरेको जानकारी दिए। उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा बीएफ ७ नामक प्रजातिको भेरिएन्ट फेला नपरेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट फेला परेको उनले बताए। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरिएन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय...