
कृषि विकास बैंक नारायणपुरको सहयोगमा दाङको गढीटाकुरा मन्दिरको पुनःनिर्माण
काठमाडौं । घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित गढीटाकुरा देवस्थल मन्दिर हापुर नारेवाङलाई मन्दिरको पुनः निर्माण एवं पुरातात्विक बस्तुको संरक्षणका लागि कृषि विकास बैंक लि. शाखा कार्यालय नारायणपुर दाङको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ ।
गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको प्रमुख आतिथ्यता, कृषि विकास बैंक लि. प्रदेश कार्यालय दाङका निर्देशक राजेन्द्र रानाभाटको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरको पुनः निर्माण एवं पुरातात्विक बस्तुको संरक्षण गर्न चार लाखको चेक प्रमुख अतिथि बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले गढीटाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
...