२ भाद्र २०८२, सोमबार

समाचार

नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा बधाई तथा शुभकामना प्रदान

नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा बधाई तथा शुभकामना प्रदान

समाचार
काठमाडौं । अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । अखिल नेपाल सरसफाई मजदुर संघकी केन्द्रीय अध्यक्ष धनु दाहालको सभापतित्व, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिमखडाको प्रमुख आतिथ्यता तथा महासंघका उप महासचिव शिव पोख्रेल, फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष राम कुमार घिमिरे , संस्थापक अध्यक्ष तथा सल्लाहकार टीकाराम दाहाल , बासुदेब उप्रेती ,धन प्रसाद आचार्य , अखिल नेपाल सरसफाई मजदुर सघका केन्द्रीय उपाध्यक्ष सोमनाथ ढकाल, एकराज सुवेदी, केन्द्रिय सदस्य देब नारायण श्रेष्ठ , भिम श्रेष्ठ , मीन बा श्रेष्ठको बिशेष उपस्थितिमा एक कार्यक्रम बिच अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका नवनिर्वाचित अध्यक्ष रामकुमार घिमिरे,वरिष्ठ उपाध्यक्ष सहदेव राउत,उपाध्यक्ष भुपा...
कपिलवस्तुमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दो

कपिलवस्तुमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दो

समाचार
काठमाडौं । कपिलवस्तुमा पछिल्ला केही वर्षयता वैवाहिक सम्बन्ध टुट्ने क्रम तीव्र रूपमा बढेको छ । विशेषतः नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि सम्बन्धविच्छेदको निवेदन दिन पाउने प्रावधानले अदालतमा मुद्दा दर्ता हुने दर झन् उकालो लागेको देखिएको छ ।   जिल्ला अदालत कपिलवस्तुको तथ्यांक अनुसार, विगत ६ वर्षको अवधिमा मात्रै १ हजार ९७९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ४९३ मुद्दा दर्ता भएका छन्, जसमा ३८७ नयाँ र १०६ अघिल्लो वर्षबाट सारिएका थिए । सोही अवधिमा ३८२ मुद्दाको टुंगो लागिसकेको अदालतले जनाएको छ । त्यसअघि, आर्थिक वर्ष २०८०/०८१ मा ४५० मुद्दा दर्ता भएका थिए भने तीमध्ये ३४४ मुद्दा फछ्र्योट भएका थिए । बाँकी १०६ मुद्दा अर्को वर्षमा सारिएका थिए ।   यस्तै, आर्थिक वर्ष २०७९/०८० मा कुल ३४५, आर्थिक वर्ष २०७८/०७९ मा कुल ५१२, ...
मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित चार जना भारतीय पक्राउ

मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित चार जना भारतीय पक्राउ

समाचार
काठमाडौं । मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित भारतीय नागरिकहरू पक्राउ परेका छन्। शनिबार बेलुका ८ बजे सशस्त्र प्रहरीको टोलीले इन्द्रसरोवर गाउँपालिका-२ हेवी चोकबाट लागुऔषध सहित चार जना भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिएको थियो।   सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भारतको सुगौलीबाट पर्साको वीरगन्ज हुँदै काठमाडौं आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको गाडी चेकजाँचका क्रममा गाडीको तीन वटा ढोकामा फल्स बटम बनाएर राखिएको लागुऔषध भेटिएको थियो। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए। नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुर छन्।  ...
निदाइरहेकी श्रीमतीमाथि खाटको खुट्टा बनाउन राखिएको काठले हानेर हत्या

निदाइरहेकी श्रीमतीमाथि खाटको खुट्टा बनाउन राखिएको काठले हानेर हत्या

समाचार
काठमाडौं । सुर्खेतमा एक महिलाको हत्या भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ सुगर खोलाका ४० वर्षीया रविना ठाडामगरको गएराति हत्या भएको हो।   मध्येरातमा गहिरो निद्रामा रहेकी रविनालाई उनकै श्रीमान ४२ वर्षीय दानसिंह ठाडा मगरले हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय  सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथापाका अनुसार श्रीमती निदाइरहेको बेलामा दानसिंहले खाटको खुट्टा बनाउन भनेर राखिएको काठले हानेर श्रीमतीको हत्या गरेका थिए।   काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीयले खबर गरेपछि आइतबार बिहान साढे २ बजेतिर अस्थायी प्रहरी बिट कहरेखोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। श्रीमतीको हत्या गरी सुतिरहेका दानसिंहलाई १० जनाको समूहमा गएको प्रहरी टोलीले औछ्यानबाटै नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान हुन बाँकी र...
नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन्।   अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्। आफूले बास्तोलालाई शनिबार नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले सेतोपाटीलाई जानकारी दिइन्। विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष तोकिएको उनको भनाइ छ।   बास्तोला पोखराका हुन्। नाउपाका एक जना नेताका अनुसार नाउपा गठन हुँदा निर्वाचन आयोगमा बुझाएको २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम छैन। ‘त्यसैले निर्वाचन आयोगले बास्तोलालाई चिन्दैन,’ ती नेताले भने। बास्तोला अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीनिकट मानिन्छन्।   ...
भावुक हुँदै निर्मलाकी आमा भन्छिन्– जति भोगेँ, त्यो मलाई मात्र थाहा छ

भावुक हुँदै निर्मलाकी आमा भन्छिन्– जति भोगेँ, त्यो मलाई मात्र थाहा छ

समाचार
काठमाडौं । ४२ वर्षीया दुर्गादेवी पन्तको जीवनमा सात वर्षदेखि अँध्यारो रातले डेरा जमाएको छ। जसको जीवनमा यतिका वर्षसम्म न्यायको बिहानी आएको छैन ।   दुर्गादेवीकी छोरी निर्मला पन्तको सात वर्षअघि १३ वर्षको उमेरमा बलात्कारपछि हत्या भएको थियो । २०७५  साउन १० गते  भीमदत्त नगरपालिका वडा नं २, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । सात वर्षको अवधिमा देशमा पटक-पटक सरकारहरू बने। तर, आश्वासनबाहेक कुनै पनि सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सकेन। अब त दुर्गादेवीको मनमा रहेको न्यायको झिनो आशा पनि निभ्न लागेको छ।   ‘अब कस्तो महसुस हुनु र? आशा नभएको, आशा मरेकोजस्तो भएको छ। अब त अपराधी पत्ता लाग्दैन जस्तो लाग्छ मलाई,’ दुर्गादेवीले थकित आवाजमा आफ्नो मनभित्रको पीडा सुनाइन्। दुर्गादेवीले बोलेको एक वाक्यले सात वर्...

बागमती नदीमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकमध्ये एकको शव फेला

समाचार
  काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती नदीमा १ भारतीय युवकको शव फेला परेको छ । शुक्रबार साँझ चन्द्रपुर नगरपालिका- १ बागमति नदीमा जल लिन गएका भारत बिहार सितामढी जिल्लाको जमुवा पञ्चायत मठियाका १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय नितेशकुमार डुबेर बेपत्ता भएका थिए ।   बेपत्ता भएका मध्ये पवन कुमार साहको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।   बोलबम जानका लागी बागमती नदीमा जल लिन गएका बेला दुई जना नदीमा बेपत्ता भएका थिए । बागमती नदीमा दुई युवक डुबेको खबर पाएपश्चात इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी रुपा लाबुङको टोली खोजीमा खटेको थियो ।   खोजीका क्रममा घटनास्थलबाट करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले बताए ।   ...
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

समाचार
काठमाडौं ।  यहाँको लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् ।   सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।   पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । ...
नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

समाचार
काठमाडौं । नक्कली लालपुर्जा प्रकरणमा बुटवल मालपोत कार्यालयका अधिकृत पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।   जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन्। उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ।   पक्राउ परेका र पक्...
सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

समाचार
काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।   शनिबार बिहान स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए।   प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो। सो क्रममा करेन्ट लागेपछि उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ...