डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ ।
हाउस किपिङ तथा केयर गिभर सम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टर, चाबहिल मित्रपार्कको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई (पर्सनल हाईजिन), स्वास्थ्य शिक्षा अन्तर्गत पोषण शिक्षा तथा सडक सुरक्षा (रोड सेफ्टी) सम्बन्धी जानकारी गराइएको थियो ।
कार्यक्रममा स्किल बेस्ट ट्रेनिङ सेन्टरकी प्रमुख सोफिया लामाले विद्यार्थी जीवनमै स्वास्थ्य, सरसफाई र अनुशासन सम्बन्धी सही ज्ञान आवश्यक रहेको बताउँदै स्वस्थ बानीको विकासले भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले बालबालिकामा सकारात्मक सोच, सुरक्षित व्यवहार तथा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
विद्...









