राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ की समानुपातिक उम्मेदवार मन्जु (ज्ञवाली) भुसाल : संघर्ष, नेतृत्व र सम्भावनाको कथा
देशमा बिस्तारै चुनावी माहोल तातिँदै गएको छ । चिया पसलदेखि ठूला होटलसम्म, गाउँको चौतारीदेखि सहरका बैठकसम्म—राजनीति र निर्वाचनबारे छलफल सामान्य बन्दै गएको छ । यही सन्दर्भमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ पनि बहसको केन्द्रमा देखिन थालेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारका रूपमा अगाडि सारिएकी मन्जु (ज्ञवाली) भुसालबारे चासो र चर्चा बढ्दै गएको छ ।
प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि
मन्जु (ज्ञवाली) भुसालको जन्म २०३२ साल माघ ५ गते साबिक चिदिका गाउँ विकास समिति वडा नं. ४, अर्घाखाँचीमा पिता मेघबहादुर ज्ञवाली र माता हिरादेवी ज्ञवालीको जेठी सुपुत्रीका रूपमा भएको हो । हजुरबुबा मानबहादुर ज्ञवाली र हजुरआमा गीतादेवी ज्ञवालीको गहिरो माया र संरक्षणमा हुर्किएकी मन्जु बाल्यकालदेखि नै नेतृत्वप्रति आकर्षित थिइन् ।
उनका हजुरबुबा २०२२ सालमा प्रधानपञ्च...









