२३ भाद्र २०८१, आईतवार

निर्वाचन

राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।...
राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न  प्रदान गरेको छ ।आइतबार आयोगले विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन । निर्वाचन आयोगले आज शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो । राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहर...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दल दर्ताको समय आज सकिदै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दल दर्ताको समय आज सकिदै

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछ । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् । नेपाली कांंग्रेसले आज कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गराउने तयारीमा छ ।...
प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।...
उपनिर्वाचन बारा २ बाट उपेन्द्र यादव विजयी

उपनिर्वाचन बारा २ बाट उपेन्द्र यादव विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जनकपुरधाम। प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए , नेकपा एमालेका पुरुषाेतम पाैडेलले १०२१६ र राष्ट्रिय स्वतन्त्र पार्टी का रमेश खरेलले २८२९ मत प्राप्त गरे भने आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा पुन: निर्वाचित भएका छन् । २०७९ मंसिर ४ मा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै यहाँ उपनिर्वाचन भएको हो। लामिछाने ‍‍‍५४ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । यस्तै एमालेका रामप्रसाद न्यौपाने तेस्रो स्थानमा रहे । उनले १० हजार ९३५ मत मात्रै पाए। गत मंसिर ४ को निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले जितेका लामिछानेले यसपटक त्यो मतान्तरलाई पाँच गुणा बनाउन सफल भए। मंसिरमा उनले ४९ हजार ३ सय र निकटतम प्रतिस्पर्धीले १४ हजार ९८८ मत ल्याएका थिए। रविको जितपछि उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौ...
तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । ...
उप निर्वाचन चितवन बारा र तनहुँकाे हाल सम्मकाे मत परिणाम

उप निर्वाचन चितवन बारा र तनहुँकाे हाल सम्मकाे मत परिणाम

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। रास्वपाका सभापति रवि लामिछानेले ६५६८ मत प्राप्त गरि अगाडि छन  । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २९०२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २६८८र राप्रपाका जिवलाल पुरीले ३३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उता बारा २  उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले २९८२ मत ल्याई अग्रता लिएका छन् ।यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । उपेन्द्र यादवले २७७० मत प्राप्त गरेका छन , एमालेका पुरषाेतम पाैडेलले ९२९ र रास्वपा का रमेश खरेलले ३५२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएकाे हाे । त्यसै गरि तनहुँ क्षेत्र  न १ मा रास्वपाका स्वर्णिम वाग्ले ले २२०८२ , कांग्रेसका गाेविन्द भट्टराई...
चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । चितवन ,तनहुँ र बारामा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि सुरु भयकाे हाे र साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो । चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष...
चितवनमा उप निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य र सुरक्षा ब्यवस्थाप तयारी हुदै

चितवनमा उप निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य र सुरक्षा ब्यवस्थाप तयारी हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन । क्षेत्र नम्बर २ मा भाेलि आईतवार  हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम र सुरक्षा ब्यवस्थापन धमाधम भइरहेको छ । चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा ६ सय ९० कर्मचारी खटिएका छन् ।  यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङ...