२४ मंसिर २०८१, सोमबार

चुनाव

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : देशका विभिन्न पालिकामा भएकाे उप निर्वाचन २०८१ काे मत परिणामले फेरि पनि पुरानै दलकाे बर्चस्व देखियकाे छ । दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद निर्विरोध भय पछि  आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् । उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्...
जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटकाे उप मेयर पदमा देवका लामिछाने (शाेभा) विजयी भएकि छिन। आईतवार भयकाे उप मेयर पदका लागी नेकपा माओवादी केन्द्रकी उम्मेदवार लामिछानेले ४२७०मत ल्याएर विजय भएकि हुन,। उनकि निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकि ईन्द्रा सिंह चन्दले ३१४७ मत ल्याएकि थिइन भने नेकपा एमाले कि उम्मेदवार सुनिता बाेहराले २५४१,राष्ट्रिय स्वतन्त्र पार्टीकि पार्वती पुनले १७९,राष्ट्रिय प्रजातन्त्र पार्टीकि सुनिता पुन रावलले ५७, र  नेपाल समाजवादी पार्टीकि पवित्रा जैशीले १५ मत प्राप्त गरेकाे  निर्वाचन अधिकृतको कार्यलय जाजरकोटले जनाएकाे छ । यश अघि नेपाली कांग्रेसबाट निर्वाचित सरिता सिंह गत २०८०/ कार्तिक १७ गते राति गएकाे भुकम्पमा परि निधन भय पछि साे ठाउमा उप मेयर पदका लागि निर्वाचन भयकाे हाे । विजयी भयकी लामिछाने जनयुद्धकाल देखि भेरि कर्णाली एफ एफ रेडियाेमा काम गर्दै हाल नलगाड एफएममा र ...
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News, कविता, खेल, चुनाव, निर्वाचन, मनाेरन्जन, माैसम, शिक्षा, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका—१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो । यो वडामा प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरको २ हजार २ सय २० मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकको २ हजार २ सय १४ मत, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरको १ हजार ९२ मत प्राप्त हुँदा विजयी भएकी श्रेष्ठको २ हजार ९ सय २ मत प्राप्त भएको थियो । स्थानियतहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष मुकुन्द रिजालको निधन भए पछि भएको यो उप निर्वाचनमा नेपाली काँग्रेस तेश्रो पार्टी भएको छ । वडामा आफ्नो वचश्व कायम राखेको एमाले दोश्रो स्थानमा रहको छ । पहिलो निर्वाचन देखिनै निकै चर्चामा रहेको यो वडा कानुन व्यवसायी तथा समाजसेवीको रुपमा परिचित रोजिना श्रेष्ठको नेतृत्वमा चल्ने भए पछि यस...
जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कुशे गाउपालीका -७ मा नेपाली कांग्रेसका उम्मेदवार खम्ब प्रसाद सिंहले बिजय हासिल गरेका छन। सिंहले ३४७ मत ल्यायर विजय भयका छन भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गाेरख बहादुर नेपालीले ३३२ मत प्राप्त गरेका छन, नेकपा एमालेका डम्बर बहादुर घर्तीले २५२ मत प्राप्त गरेका छन र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७  मत प्राप्त गरेका थिय,भने १५ मत बदर भयका थिए।  एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ । यो वडा माओवादी केन्द्रले अघिल्लो चुनावमा जितेको थियो  वडाध्यक्ष मन बहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत ल्याएर...
श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपालले उप निर्वाचन बहिष्कार गर्ने घाेषणा गरेकाे छ । पुर्ण बहादुर सिंह ´समरजंग`नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालले यहि मंसिर १६ गते हुने उप निर्वाचनलाई सशक्त बहिष्कार गर्ने बतायकाे छ । पार्टीका संयाेजक सिंहले एक बिज्ञप्ती जारी गर्दै उक्त चुनाव लाई बहिष्कार गर्ने घाेषणा गरेका छन । याे संसदीय ब्यवस्था सबै हिसाबले असफल, नकाम र बदनाम भईरहेकाे र जन्ताकाे पक्षमा नभयकाे भन्दै सम्पुर्ण नेपालीले बहिस्कार ,अवज्ञा,बहिष्कार तथा खारेजी गर्नु पर्ने बिज्ञप्तिमा उल्लेख छ । यहि मंसिर १६ गते देशका विभिन्न ठाउमा विभिन्न कारणले रिक्त भयका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख उप प्रमुख,गाउँँपालीका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुकाे पदका लागी देशै भरिका ४४ ठाउहरुमा निर्वाचन आयाेगले चुनाब गर्न लागेकाे छ । पार्टी द्वारा जारी विज्ञप्ति यस्तो छ : ...
वडा अध्यक्षमा निर्वाचित भए आफुलाई प्राप्तहुने सरकारी सेवा सुविधा बराबरको रकम थपेर सामाजिक काममा लगानी गर्ने स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठको घोषणा

वडा अध्यक्षमा निर्वाचित भए आफुलाई प्राप्तहुने सरकारी सेवा सुविधा बराबरको रकम थपेर सामाजिक काममा लगानी गर्ने स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठको घोषणा

चुनाव, राजनीति
काठमाडौं । आसन्न स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को चुनावी सरगर्मी निकै तात्तिएको छ । आजनै स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाए पछि चुनावी माहोल अझ तात्तिएको हो । काठमाडौं १६ नं वडामा वडा अध्यक्षको पदको लागि १७ जना ले उम्मेदवारी दिएकोमा १० जना त स्वतन्त्र नै रहेका थिए । केहि स्वतन्त्रहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै समाजिक संजालमा पोष्ट समेत गरेका छन् । यस वडामा नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकिकृत समाजवादी)लाई समर्थन गरे पछि ,मुख्य त नेपाली काँग्रेस ,नेकपा(एमाले) ,राप्रपा,रास्वपा,राप्रपा नेपाल , नेकपा (एकिकृत समाजवादी),नेमकिपा राजनैतिक भिडन्तमा देखिएका छन् भने स्वतन्त्रबाट हात मिलाएको चुनाव चिन्ह सहित आएका देवेन्द्र कुमार श्रेष्ठ , ग्याँस सिलिण्डर चुनाव चिन्ह पाएका पशुपति कठायत प्रभावशालि स्वतन्त्र उम्मेदवारको रुपमा खडा...
काठमाडौं १६ मा बढ्यो चुनावी सरगर्मी रास्वपाबाट रोजिना श्रेष्ठको नाम अनुमोदन

काठमाडौं १६ मा बढ्यो चुनावी सरगर्मी रास्वपाबाट रोजिना श्रेष्ठको नाम अनुमोदन

चुनाव
काठमाडौं । स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुलाई भने उम्मेदवार चयनको चटारो परेको छ । स्थानिय नेताहरुको चित्त बुझाउँदै उम्मेदवार चयन गर्ने बिषय त्यति सझिलो भने छैन । यहि मंसिर १६ गते हुने भनिएको स्थानिय निर्वाचनको लागि मंसिर २ गते मनोनयन दर्ता गराउने समय रहेको छ । काठमाडौं महानगर वडा नम्बर १६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको गत भदौमा निधन भए पछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो । यो उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वडाध्यक्षको उम्मेवार रोजिना श्रेष्ठलाई बनाएको छ । रास्वपाबाट उक्त वडामा उम्मेदवार हुनका लागि ६ जनाले नाम दर्ता गराएका थिए जसमा उम्मेदवारका लागि श्रेष्ठको नाममा सहमति जुटेको हो । कानुनमा स्नातकोत्तर गरेकी सामाजिक कार्यमा सक्रिय श्रेष्ठ एक सफल व्यवसायी तथा रास्वपाको काठमाडौं–७ को क्षेत्रीय सभापति समेत हुन् । यो वडामा नेकपा एमाले...
कीर्तिपुर उपनिर्वाचनमा सुर्य बहादुर बुढाथोकी एमालेबाट उम्मेदवार करीब निश्चित

कीर्तिपुर उपनिर्वाचनमा सुर्य बहादुर बुढाथोकी एमालेबाट उम्मेदवार करीब निश्चित

चुनाव
काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। मंसिर १६  कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनको चहलपहल सुरु भइसकेको छ। राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुटेका छन् । राजनीतिक दलहरूले उम्मेदवार चयनको आन्तरिक गृहकार्य गरिरहेका छन्। नेकपा एमालेको तर्फबाट सुर्य बहादुर बुढाथोकी उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला अर्को ठूलो दल नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का इन्चार्ज सुरेन्द्र मानन्धर यसपटक उम्मेदवार बन्न इच्छुक छैनन्। उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन्। उनी गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र कुमार (राजन) ...
यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु

चुनाव, निर्वाचन, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उपनिर्वाचनको तयारीमा झण्डै एक दर्जन व्यक्तिहरु लाइनमा देखिन्छन् । यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु: १. सरव कुमार महर्जन – नेकपा एमाले प्रदेश क सदस्य कीर्तिपुर नगर इन्चार्ज २. केस रत्न  बज्राचार्य – नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य /काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० संयोजक ३. सुरेन्द्र मानन्धर – नेकपा एमाले केन्द्रीय सदस्य/काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० इन्चार्ज ४. बिन्दु महर्जन – नेकपा एमाले काठमाडौँ जिल्ला उपसचिव ५. सूर्य बुढाथोकी – राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष ६. ध्रुव अधिकारी – नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य ...
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुदै,घिमिरे र पुडासैनी भिड्दै

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुदै,घिमिरे र पुडासैनी भिड्दै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि  आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्...