५ माघ २०८१, शनिबार

कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

काठमाडौं । स्वास्थ्यको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढाईएको खेल मध्य नेपालमा अत्यधिक रुचाउन थालिएको तेक्वान्दो लाई काठमाडौंका प्राय संस्थागत र निजि विद्यालयहरुले आफ्नो खेलकुद कोर्षनै बनाएर लागु गरिरहेका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा पनि नियमितरुपमा तेक्वान्दो प्रशिक्षण हुँदै आएकोमा आज तेक्वान्दोका खेलाडीहरुको बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलका सिईओ सुरोज चन्द्र महर्जन,प्रिन्सिपल देभिना श्रेष्ठ(महर्जन), भाईस प्रिन्सिपल रोशनी शाही ठकुरी, ईन्चार्ज निशा पन्थी लगायत स्कुलका संपुर्ण शिक्षक शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
बेल्ट अनुसार अगाडी लैजान लिईएको टेष्टको निर्णायकमा दुर्गामान तामाङ , छुल्ठिम लामा रहनु भएको कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलका तेक्वान्दो प्रशिक्षक प्रदिप आले मगरले जानकारी दिनु भयो ।
बेल्ट टेष्टमा ११५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
बेल्ट टेष्टमा सहभागि ११५ जना मध्य ८ जनाले डबल प्रमोशन समेत पाएका थिए । जसमा प्रयुश निरौला,रिवाज आले मगर,सुदिप झ्यरी मगर,वृष्मा श्रेष्ठ,प्रवेश बर्वल,प्रज्वल भट्ट क्षेत्री,मनोरम खतिवडा र जिज्ञासा शाही ठकुरी रहेका छन् ।