५ माघ २०८१, शनिबार

काठमाडौं १६ मा बढ्यो चुनावी सरगर्मी रास्वपाबाट रोजिना श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुलाई भने उम्मेदवार चयनको चटारो परेको छ । स्थानिय नेताहरुको चित्त बुझाउँदै उम्मेदवार चयन गर्ने बिषय त्यति सझिलो भने छैन ।
यहि मंसिर १६ गते हुने भनिएको स्थानिय निर्वाचनको लागि मंसिर २ गते मनोनयन दर्ता गराउने समय रहेको छ ।
काठमाडौं महानगर वडा नम्बर १६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको गत भदौमा निधन भए पछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो ।
यो उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वडाध्यक्षको उम्मेवार रोजिना श्रेष्ठलाई बनाएको छ ।
रास्वपाबाट उक्त वडामा उम्मेदवार हुनका लागि ६ जनाले नाम दर्ता गराएका थिए जसमा उम्मेदवारका लागि श्रेष्ठको नाममा सहमति जुटेको हो ।
कानुनमा स्नातकोत्तर गरेकी सामाजिक कार्यमा सक्रिय श्रेष्ठ एक सफल व्यवसायी तथा रास्वपाको काठमाडौं–७ को क्षेत्रीय सभापति समेत हुन् ।
यो वडामा नेकपा एमालेले लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीले मीन बहादुर मानन्धर तथा माओवादीले दिलिपराज वन्तलाई उम्मेवार बनाउने घोषणा गरेको छ । कांग्रेसले भने भने उम्मेदवार तोकिसकेको छैन । स्वतन्त्र बाट माओवादीबाट बिद्रोह गरेका देबेन्द्रकुमार श्रेष्ठले आफु उम्मेदवार बन्ने घोषणा गरेका छन् भने काँग्रेसबाट मुकुन्द रिजालका नजिकका पात्र मानिएका हुम्बा श्रेष्ठले समेत स्वतन्त्रबाट उम्मेदवारी दिने मनासाय राखेका छन् । काँग्रसबाट भने देबेन्द्र पाठकको नाम चर्चामा छ ।