३१ भाद्र २०८१, सोमबार

“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

कास्की :श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले “शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” भनेका छन ।युवा नेता सिंहकाे नेतृत्वमा गठित श्रमिक कम्युनिस्ट पार्टी नेपालले “जनतामा जाओैं जनताको सेवा गराैं !!” भन्ने नाराका साथ मेचीमहाकाली – हिमाल पहाड तराईको पहिलो चरणको अभियान क्रममा कंचनपुर महेन्द्रनगर, धनगढी, कैलाली लम्कि, बर्दिया, बाँके, दाङ, बुटवल, पाल्पा,स्याङ्जा हुँदै कास्की पुगेका उनले यस्तो बताएका हुन् ।

उनले विभिन्न जिल्ला संगठन समितका सदस्यहरुकाे बिचमा भेटघाट, छलफल तथा निर्देशन दिदै उक्त कुरा बताएका हुन् ।

उनले जनता माथि राजनीति हाेईन्, जनताको लागि राजनीति गर्नुपर्ने समेत बताए।आमुल परिवर्तनमा आम जनतालाई सुख, शान्ति, समृद्धि, अमनचयन हुन्छ तर शाषकहरुले आफ्नाे शासन बचाई राख्न यस्तो बनाएको बताए त्यसैले उनिहरुले जनतामाथि शाेषण गरेर राजनीति गरिरहेका छन् हामीले जनताको सेवक बनेर जनताको लागि राजनीति गर्नुपर्छ उनिहरु भन्दा हामी फरक हुनुपर्छ, हामी रुपान्तरण हुनुपर्छ, जनता संग एकाकार हुनुपर्छ, जनतालाई आम रुपमा संगठित गर्नुपर्छ, विचारधारात्मक रुपमा प्रशिक्षित गराउदै प्रतिबद्ध बनाउन समेत उनले निर्देशन समेत गरे ।

अहिले पछिल्लो राजनीति घटनाक्रमसंगै श्रमिक कम्युनिस्ट पार्टी नै सबै भन्दा शक्तिशाली र जनप्रिय पार्टी भयकाे नेता सिंहकाे दाबि छ । अहिले सम्मका पार्टी हरुले जन्तामाथि शासन थुपार्ने काम गरेकाे र राजनीति लाई पेशा बनाउने काम गरेकाेले श्रमिक कम्युनिस्ट पार्टी जन्ताका समस्या हरु संग एकाकार गर्दै विभिन्न आन्दोलनमा ज्यान गुमाउने शहिदहरुका सपनाहरु पूरा गर्ने र राष्ट्रले ब्यहाेरेका सिंगाे समस्याहरु समाधान गर्ने तर्फ निरन्तर प्रतिबद्ध रहेकाे बताए । नेता सिंह संग पार्टी केन्द्रीय नेताहरु अभियानमा लामबद्ध छन ।

अभियानकाे क्रममा लिएका फाेटाहरु :