२३ भाद्र २०८१, आईतवार

अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल  (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्,(सिटिइभिटि)लाई २ बुद्दे ज्ञापनपत्र बुझायकाे छ ।आइतबार सिटिभिटिका संयोजक डिबि शाहीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ  “, स्तर निर्धारण महाशाखाले १०० बेडको आफ्नै अस्पताल भएको इच्छुक अस्पताल–शिक्षण संस्थाले श्रावण १ देखि मंसिर मसान्तसम्म जुनसुकै समय ३ वर्षे स्वास्थ्य सम्बन्धि प्रमाण–पत्र तहको तालिम सञ्चालनका लागि आवेदन दिन सक्ने भनी २०८० असोज ३० को दिन १९७ औं वैठकले निर्णय गरेको भएपनि बदनियतपूर्ण ढंगले मात्र एक हप्ताको समय दिएर २०८० मंसिर २३ गते सुचना जारी गरिएको विषयले संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यही सम्बन्धन प्रक्रियाका लागि केही परिषद कै कर्मचारी र कलेजहरुको मालिकसँगको मिलेमतोमा व्यापक आर्थिक चलखेल समेत भएको भन्ने व्यापक जनगुनासो आएको घटनाको कडा आलोचना गरेको छ ।

ज्ञापन पत्रमा पछिल्लो समय सिटिईभिटी भित्र सम्बन्धन र परिक्षाको नाममा थुप्रै खालका अनियमितता र विकृतिहरु देखिएको, केही समय अघिमात्र परिषदको मधेश प्रदेशमा विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिमा गडबडी गरिएको, इन्ट्रान्सको रिजल्ट वेवसाइटमा नराखिएको, कर्मचारी र सिराहाको मिर्चैया नर्सिङ कलेज र महोत्तरीको शुभस्वस्तिक टेक्निकल कलेजको मिलेमतोमा विद्यार्थीसँग विभिन्न नाममा अनुचित प्रकारले शुल्क लिइएको लगायतका बदमासीले सिटिइभिटीको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा दुई बुँदे माग पूरा गर्न आग्रह गरिएको छ, “१– डिप्लोमामा तहको मुख्यत निर्सिङ, फार्मेसी र एचए लगायतका स्वास्थ कार्यक्रमको सम्बन्धन बदनियतपुर्ण ढङ्गले आर्थिक चलखेलका आधारमा दिन खोजिएकोले उक्त सम्बन्धन प्रक्रिया तत्काल रोक्नुका साथै उचित छानबिन गरि आर्थिक चलखेलमा संलग्न कर्मचारी तथा कलेजहरुलाई कार्बाही गरियोस् । २– सिटिईभिटीको प्रदेश नं। २ मा बदमासी गर्ने कलेजहरुको सम्बन्धन खारेज गरियोस् । र त्यसमा संलग्न परिषदको कर्मचारीहरलाई कडा भन्दा कडा कारबाही गरियोस् । उक्त घटनामा पिडित विद्यार्थीलाई न्याय प्रदान गरियोस् ।”
अखिल (क्रान्तिकारी)का विश्वविद्यालय सिटिइभिटी समितिका संयोजक डिबी शाहीले यथाशीघ्र गम्भीर छलफल गरी माग पूरा नगरे चरणवद्ध कडा सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।

ज्ञापनपत्र :