११ श्रावण २०८१, शनिबार

काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं ।काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाका कारण काठमाडौंको सामाखुसि , बसपार्क , लगायतका ठाउहरु डुवानमा समेत परेका छन ।

नदिहरुकाे तटीय क्षेत्र भन्दा बाहिर पानी आईरहेकाले त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह समेत गरियकाे छ गरिएको छ ।