२३ भाद्र २०८१, आईतवार

स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:

लेखक : निर्मल कुमार रेग्मी

समायोजन काज के हो?
खासमा यो समायोजन काज के हो? -भन्ने बिषयमा नै बिबाद रहेको छ। समायोजन ऐन २०७५ बमोजिन समायोजन भएर कुनै स्वास्थ्यकर्मी संघ तीर लागे,कोही प्रदेश तिर लागे,कोही मन नलागी नलागी भएपनी स्थानीय तह तिर लागे । समायोजन मा बिबिध समस्या देखा परे,ति समस्या केही हद सम्म समायोजन मिलान ले समाधान गर्दै थियो । समायोजन ले निम्त्यायका समस्याहरु पुर्ण रुपमा समाधान पनि भएका थियनन् । समायोजनमा नै फाजिल पारीयका हरुको ब्यबस्थापन भएकै थियन । त्यसपछी नंया समस्या समायोजन काज ले निम्त्यायो ।समस्याहरुको समाधान प्राथमीकताका आधारमा गर्दै जानु पर्नेमा बिगतका समस्याहरुलाइ यथाबत राखेर नंया समस्या को सिर्जना गरीयो त्यो हो समायोजन काज।
खासमा हरेक कर्मचारी घरपाएक अथवा सुगममा सरुवा भएर जान चाहान्छ ।घर परिवार ब्यबस्थित गर्दै सेवा लाइ निरन्तरता दिन चाहान्छ । घरमा आमा बाबु हरुको स्याहार सुसार गर्दै छोरा छोरीहरुको भबिष्य बनाउन हेरबिचार गर्दै सम्भब भय सम्म घरको ब्यबहारीक समस्या समाधान गर्दै श्रीमती ज्यु ले श्रीमान ज्यु संग,र्श्रीमान ज्यु ले श्रीमती ज्यु संग,संगसंगै परिवारिक बाताबरणमा घरको कामकाज संगसंगै हातेमालो गरी सम्हाल्दै परिवारको हेरबिचार गर्दै सरकारी सेवा गर्ने चाहाना हरेक ब्यक्तिको हुन्छ,त्यो समायोजन काजमा जाने र आउने हरेक स्वास्थ्य कर्मीको हुनु स्वभाबिक हो। यसलाइ अन्यथा रुपमा सोच्नु पनि हुदैन र लिनु पनि हुदैन ।
कसरी ?आयो समायोजन काज :
समायोजन काज कहाबाट आयो? कुन मनसायका साथ आयो भन्ने नै आज सम्म अनुत्तरीत छ । यो पत्ता लगाउनको लागी एउटा जाचबुझ आयोग नै गठन गर्नु पर्ने हुन्छ।

। अनि मात्र पत्ता लगाउन सकियला भन्ने आशा हो तर जाचबुझ आयोग गठन गरेर पनि पत्ता लगाउन नसकियका थुप्रै परिघटनाहरु पनि छन, आजसम्म ।समायोजन मीलान ले नै सबै कुराको समाधान गर्न सकिन्थ्यो,जहा-जहा दरबन्दी खाली छ त्यहा-त्यहा दुबै स्थानिय तहको स्विकृतीमा ईच्छुक स्वास्थ्यकर्मीलाई मन्त्रालय वा बिभागले समायोजन मिलान गर्न सक्थ्यो।
सुरुमा स्वास्थ्य सेवा बिभागले सुचना जारी गर्दा पनि दरबन्दी भए नभएको एकिन गर्न एक फर्मेटको ढाचा निर्माण गरियको थियो। सोही फर्मेटको ढाचा अनुसार रितपुर्बक निबेदन दिन आह्वान गरेको थियो ।
तर पछी के के भयो? रित पुरा नभएका,दरबन्दी एकिन नभएका,दरबन्दी नै नभएका तर आएमा तलब भत्ता खुवाउन सक्षम छौ भन्ने ब्यहोराका स्थानिय तहहरुका पत्रहरु साथ प्राप्त भएका निबेदन हरुलाइ पनि स्विकार गरीयो र पछी समायोजन काज भन्ने ब्यहोराका पत्रहरु प्रत्येक ब्यक्तिलाइ थमाईयो यसो गर्दा बिभाग मन्त्रालयका कर्मचारी पनि खुसी, काज समायोजनमा जाने ब्यक्ति पनि खुसी,सुरु सुरुमा स्थानिय तहका नेतृत्व कर्ताहरु पनि खुसी,सबैको जित गराउनका लागी समायोजन काज को बाटो अपनाईयको थियो तर यसले भबिष्यमा पार्ने प्रभाबका बारेमा नेतृत्व कर्ताहरुको समयमै ध्यान दिन सकेनन् र आज देशभरी का बहुसंख्यक स्थानिय तह यसको गम्भीर असर परिरहेको छ ।

समयमै कसकसले बिचार पुर्याउनु पर्थो ?
समायोजन काजमा जाने ब्यक्तिले ध्यान दिनु पर्ने कुराहरु:

मैले माथि नै उल्लेख गरी सकेको छु पाएसम्म एउटा ईमान्दार कर्मचारी ले घरपायक वा सुगममा नै सरुवा गराउने चाहाना राखेको हुन्छ त्यो समयको पर्खाइमा हुन्छ तर कुनै कुनै सरुवा हरुले कर्मचारी हरुलाई पनि शारिरिक र मानसिक तनाब दिने हुनाले समयमै सोचबिचार गरेर ऐन, नियम,कानुन,कार्यबिधी,प्रकृयाहरु को गहन रुपमा अध्ययन बिष्लेषण गरेर मात्र पाईला अगाडि चाल्दा मात्र सहि र अन्तिम गन्तब्यमा पुग्न सकिन्छ र शारिरिक र मानसिक तनाब बाट मुक्त भईन्छ त्यसैले काज सरुवा मा जाने,फाजिलमा समायोजन मिलान भएर जाने,सरुवा भएर जाने हरेक कर्मचारीहरुले पनि राम्रो संग बुझेर दरबन्दी छ की छैन?भबिष्यमा केही समस्या आउछ कि आउदैन, भन्ने कुराको हेक्का राख्नु पर्दछ ।

स्थानिय तह हरुले ध्यान दिनु पर्ने कुराहरु:

स्थानिय तहहरुले सहमति लिन आउने जति लाइ हाम्रो स्थानिय तहमा समायोजन मिलान वा काज सरुवा भएर आएमा तलब भत्ता प्रदान गर्न सक्षम छौ भनेर सहमति दिने तर कर्मचारी सरुवा भएर आएपछी तलब भत्ता प्रदान गर्न सक्दैनौ भनेर प्रदेश संघ सरकार संग रोई कराई गर्ने कर्मचारी हरु फिर्ता गर्ने होईन । स्थानिय तह पनि एउटा तल्लो तहको सरकार हो । आयस्रोत छ भने समयमै गम्भीर सोच बिचार गरी सहमति दिने र आफ्नो स्थानिय तहमा काज सरुवा भएर आएका स्रोत जुटाई तलब भत्ता प्रदान गर्नु पर्दछ । हतारमा,प्रलोभनमा परेर,भाबनामा बगेर,राजनितिक अभिष्ट पुरा गर्न,आफु असक्षम भएर सहमति दिने र भबिष्यमा कर्मचारीहरुलाई दुख दिने काम कदापी गर्नु हुदैन ।

मन्त्रालय बिभागले ध्यान दिनु पर्ने कुराहरु:

संघीय सरकार सरकार हरुको पनि सरकार हो । धेरै सोच बिचार गरी कार्यबिधी निर्माण गर्ने र सो कार्यबिधी लाइ हु-बहु कार्यान्वायन गर्ने ल्याकत राख्नु पर्दछ । यदी स्थानिय तहहरुको दरबन्दी एकीन गरी दरबन्दी खाली भएका स्थानिय तह हरुमा कर्मचारी को समायोजन मिलान गरेको भए आजको दिन भोग्नु पर्दैनथ्यो होला । कर्मचारी हरुले आ ब २०७९/०८० को श्रावण महिना देखीको तलब भत्ता प्राप्त गरेका छैनन,यसबाट कर्मचारी हरुको मनोबलमा कस्तो असर पारेको होला। निरास कर्मचारी हरुबाट राज्यले के अपेक्षा गर्ने र निरास कर्मचारीले कस्तो नतिजा देलान र स्वास्थ्य क्षेत्रको अबस्था के होला भन्ने बिषयमा गम्भीर भएर सोच्नु पर्दछ र स्थानिय सरकार प्रदेश सरकारहरुले गरेका कमी कमजोरी सच्याउने र सहि दिशामा हिडाउन संघीय सरकार ले अहंम भुमीका खेल्नु पर्दछ ।।

समायोजन काजका असरहरु:
कुनै स्थानिय तहमा दरबन्दी खाली हुने र कुनै स्थानिय तहमा कर्मचारी धेरै हुने समस्या:
दरबन्दी भयको स्थानिय तहहरुमा तलबभत्ता जाने र सो तलब भत्ता बाट अर्को कर्मचारी काज सरुवा गरेर ल्याउने वा करारमा राखेर भुक्तानी गर्नुपर्ने र दरबन्दीमा भएको कर्मचारी काज सरुवा मा अर्को स्थानिय तहमा गई त्यहा फाजिल हुदा तलबभत्ता अपुग हुन गै स्थानिय तहहरुले संघिय सरकार संग तलब भत्ता को माग गर्ने हुनाले दुबैतिर तलब भत्ता पठाउदा संघीय सरकारको चालु तर्फको बजेट मा चाप पर्न गै समस्या हरु देखा पर्न थाले जसले गर्दा बर्षौ बित्दा पनि तलब भत्ता नपाउने समस्या देखा पर्यो र कर्मचारी हरु काम पाउने तर दाम पाउन बर्ष कुर्नु पर्ने र अनेक समस्या ब्यहोर्नु पर्ने अबस्थाबाट ग्रसित भय ।
परिबर्तित ब्यबस्था प्रति नै अबिश्वास बढ्ने सम्भाबना:
देश भरका कर्मचारीहरु तलब भत्ता बाट बञ्चीत हुदा र दुर्गमका स्थानिय तह खाली भै सेवाग्राहि हरु स्वास्थ्यसेवा बाट बञ्चित हुदा संघिय ब्यबस्था प्रति नै अबिश्वास पैदा हुने वाताबरण सृजना भयो । जसले गर्दा आजको अमुल्य परिबर्तित ब्यबस्था प्रति नै नकारात्मक टिका टिप्पनी हुन थाले । यो परिबर्तन चाहानेका लागी पक्कै पनि खुसीको कुरा हो जस्तो लाग्दैन । जसले गर्दा परिबर्तनको बिरुद्धमा भबिष्यमा समस्या पैदा हुने सम्भाबना रहन्छ ।

स्वास्थ्यकर्मीलाई काम गर्न र दैनिक ब्यबहार चलाउन समस्या:
काज सरुवा भएर गई फाजिल बस्नुपर्दा कतिपय स्थानिय तहमा कर्मचारीहरुलाइ जिम्मेवारी बिहीन बनाईयो,अनाआबस्यक रुपमा समय समयमा संस्था परिबर्तन गरिरहने,तालिम गोष्ठीहरुबाट बञ्चित हुनुपर्ने लगाएतका समस्या देखापरे जसले गर्दा कर्मचारीहरुको मनोबलमा ह्रास हुने र त्यसले स्वास्थ्यको दैनिक कार्यमा प्रभाबित समेत पार्दै लगेको छ र भबिष्यमा यसले स्वास्थ्यका सुचक हरुमा पनि प्रभाब पार्ने सम्भाबना रहेको छ । तलब भत्ता नपाउने समस्याले गर्दा कर्मचारीहरुको दैनिक जिबन चलाउन पनि समस्या भयो । कयौ कर्मचारी हरुले किस्ता तिर्न, छोराछोरीको फिस तिर्न,चाडपर्बहरु मनाउन,स्वास्थ्य उपचार गर्न र दैनिक समस्याहरु टार्न मिटर ब्याजमा ऋण लिनु पर्ने अबस्था सृजना भयो । जसले गर्दा कर्मचारीहरु ऋणको पासोमा पर्दै गैरहेका छन ।
समस्या समाधानका बिकल्पहरु:
पहिलो बिकल्प:
समायोजन काज मा ग्रहन गरेका स्वास्थ्यकर्मीहरु लाई स्थानिय तहले नै स्रोतको जोहो गरी तलब भत्ता को ब्यबस्था गर्नु नै काज आउन सहमति दिने स्थानिय तहको नैतिक जिम्मेवारी हो। यो उनिहरुले दिएको सहमति पत्र प्रतिको न्याय पनि हो ।
दोस्रो बिकल्पः
हाल प्रत्येक वडामा भएका सहरी वा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा दरबन्दि सृजना गरेर स्थानिय तहहरुमा बढी भएका स्वास्थ्यकर्मीहरुलाई ब्यबस्थापन गर्न सकिन्छ र यति गर्दा पनि दरबन्दी भन्दा कर्मचारी बढी भएमा छेउछाउको स्थानिय तहमा समायोजन मिलान गर्ने बिकल्प हुन सक्छ तर संघिय सरकारले आ ब २०८०/०८१मा कुनै पनि नंया दरबन्दि सृजना नगर्ने निति तथा कार्यक्रममा नै उल्लेख गरेको छ।

तेस्रो बिकल्प:
स्वास्थ्यकर्मी हरुलाई दरबन्दी अनुसार ज्येष्ठताको आधारमा ग्रहन गरी बाकी लाइ सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने र मन्त्रालयले ज्येष्ठताको आधारमा दरबन्दी खाली भएका स्थानिय तहहरुमा सुगमताको वा पाएक पर्ने हिसाबले छनौट गर्न लगाइ समायोजन मिलान गर्ने ।
चौथो बिकल्प:
देश भरिका स्वास्थ्यकर्मी हरु जुन समायोजन काज अनुसार एक स्थानिय तहबाट अर्को स्थानिय तहमा गएका छन सो काज समायोजन रद्द वा काज फिर्ता को लागी संघीय सरकार ले पहल लिनु पर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८०/०३/२५ गते सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,मन्त्रालय मातहतका सबै निकाय र सबै स्थानिय तहहरुलाइ सम्बोधन गरी चिकित्सक/स्वास्थ्यकर्मीको कामकाज ब्यबस्थापन सम्बन्धमा सात बुदे निर्देशन दिएको छ । समायोजन काज फिर्ता गर्ने नै हो भने दरबन्दी नहुदा पनि सहमति प्रदान गर्ने स्थानिय तहमा नेतृत्वकर्ताहरु,बिभाग वा मन्त्रालय बसेर समस्या समाधान नगरी समस्या बल्झाउने समायोजन काज को निर्णयमा संलग्न ब्यक्तीहरुलाई कार्बाहिको दाउरामा ल्याउनु पर्दछ। अनि मात्र काज फिर्ता वा बदर के गर्नु पर्ने हो त्यो गर्नु पर्दछ । नत्र कर्मचारीहरुलाई मात्र जबर्जस्ती कार्बाही को शैलीमा पेलेर मात्र समस्याको समाधान हुन्छ भन्ने सोच्ने हो भने कर्मचारीहरुको मनोबलमा गम्भीर असर परि स्वास्थ्य क्षेत्र कमजोर हुने र सुचक हरु ओरालो लाग्ने र भबिष्यमा समस्या सृजना हुने देखीन्छ । त्यसैले सरोकारवालाहरु सबैको बृहत छलफल गरी समस्याको उचीत निकास निकाल्नु र स्वास्थ्यकर्मी हरुको मनोबल उच्च बनाई तनाबपुर्ण बाताबरणमा काम गर्ने अबस्था सृजना गरिनु नै आजको ‍आबस्यकता हो ।
धन्यबाद,-                                                         #२०८०/०३/२८ सुर्खेत 

लेखक रेग्मी : सि अ.हे.ब हुन , हाल: बराहताल १ सुर्खेतमा कार्यरत छन ।