११ श्रावण २०८१, शनिबार

बिद्यार्थी दमन बिरुद्ध,अखिल(क्रान्तिकारी)ले,लगायाे अनिश्चितकालीन तालाबन्दी

काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) लाई प्रहरीले दमन गर्दा समेत राेकिएन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन स्थित बाल उद्धार माध्यामिक विद्यालयका कक्षा १० मा अध्यानरत विद्यार्थी अनिश लामिछानेलाई उदय राज कार्की,सौरब गौतम र रोसन कार्की ३ जना शिक्षक मिलि निर्घात रुपमा कुटपिट गरेको बिषयमा बुझ्न जाँदा अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला संयोजक मिम ऐडी र विद्यार्थी नेता मिलन बुढालाई प्रहरीले गिरफ्तार गरेको थियो । उक्त अपराधिक घटनामा संलग्नलाई कारबाही गरेर पिडित विद्यार्थीलाई न्याय दिनुको साटो विद्यार्थीको पक्षमा न्यायपर्ण आवाज वुलन्द गर्ने विद्यार्थी नेताहरुको गिरफ्तार गर्ने कुरा प्रति गम्भीर आपत्ति जनाए पछि प्रहरीले साझ झन्डै ७ घण्टा पछि छाड्न बाध्य भएको थियो । उनिहरु रिहा भए लगत्तै आज उक्त पिडित विद्यार्थीलाई न्याय नमिल्दा सम्म विद्यालयमा अनिश्चितकालीन तालाबन्दीकाे घाेषणा गरेकाे छन् । तालाबन्दी घाेषणा गर्दै विज्ञप्तिमा भनेका छन् :

“हाम्रो गौरबशाली सगठन अखिल(क्रान्तिकारी) शिक्षा क्षेत्रको आमूल रुपान्तरण र बैज्ञानिक समाजबादी शिक्षा प्राप्तीको महान अभियानमा निरन्तर संघर्षरत छ । त्याग समर्पण बलिदानको प्रर्याय प्रतिपक्ष बिद्यार्थी आन्दोलनको नेतृत्व गर्ने संगठन हाम्रो गौरबशाली संगठन अखिल (क्रान्तिकारी) सुधारवाद,अवसरवाद,दक्षिणपन्थी र संशोधनवाद र प्रतिक्रियावाद संग भीषण संघर्ष गर्दै न्याय मुक्ति र समानताको लागि संघर्षशिल संगठन हो ।
यसै सन्दर्भमा काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा न १० स्थित बाल उद्घार मा.बि. कपनमा रहेको सो विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी अनिश लामिछानेलाई निर्घात रुपमा कुटपिट गरेको घटना प्रति हाम्रो संगठन प्रति गम्भीर ध्यान आकर्षण भएको छ । नेपालको संविधानमा ब्यबस्था गरिएको प्रथामिक तहको शिक्षा अनिवार्य र निशुल्क मा.बि. तहको शिक्षा निशुल्क भनि शिक्षाको मौलिक हक अन्तर्गतको ब्यबस्था गरिएको छ । यस विद्यालयले संविधान र कानुनको धज्जी उडाउदै विभिन्न बहानामा चर्को शुल्क अशुली गरेरहेको प्रति खेद प्रकट गर्दछ । हाल सालै शुल्कको बिषयलाई लिएर अभिभावकलाई मानसिक तनाब दिएको छ । त्यसै बिषयलाई लिएर ब्यबस्थापन समिति अध्यक्ष ध्रव घिमिरे र प्रधानाध्यापक बिनोद पण्डितको निर्देशनमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई निर्घात रुपमा कुटपिट गरिएको घटनाले हाम्रो संगठनलाई आक्रोसित बनाएको छ । यस घट्नालाइ मिलाउन अभिभावकलाई प्रलोभन देखाइ निज विद्यार्थीलाई निशुल्क पढाउने बहाना प्रति घाेर आपत्ति जनाउदै पिडितलाई उक्त घट्नामा संलग्न दोषी शिक्षक उदय राज कार्की,सौरब गौतम र रोसन कार्कीलाई कडा कार्बाही गरि पिडित छात्र र अभिभावकलाई न्याय दिलाउन जोडदार माग गर्दछौं । उक्त घटनाको सत्यतथ्य छानबिन गरि दाेसिलाई कडा कार्वाही नहुदा सम्मका हाम्रो संगठन अनिश्चितकालीन तालाबन्दीकाे घाेषणा गर्दछ”।

बिज्ञप्ति: