११ श्रावण २०८१, शनिबार

आयल निगमले डिजेल र मट्टीतेलकाे मूल्य घटायाे

काठमाडौं ।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको  मूल्य यथावत् राखिएको छ । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर  १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

निगमद्वारा जारि : प्रेस बिज्ञप्ती