११ श्रावण २०८१, शनिबार

चाैथाे जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने

आगामी पौष ११ देखि १६ गते सम्म सञ्चालन हुने चौथो जाजरकोट महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा सञ्चालन हुने महोत्सवमा अहिले सम्मकै ठुलो पुरस्कार राशीको भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

महोत्सवमा पुरुष खुल्ला भलिवलमा विजेताले २ लाख ५ हजार ५५५ पुरस्कार पाउने छ भने उपविजेताले १ लाख २५ हजार ५५५ पुरस्कार पाउने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जाजरकारी दिए ।

यस्तै, तेस्रो स्थान प्राप्त गर्ने टीमले ५० हजार ५५५ पुरस्कार पाउने छ । दर्ता शुल्क १० हजार रहेको छ । चौथो जाजरकोट महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहनेछ ।