२०८३ श्रावण २९, शुक्रवार

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगे

काठमाडौं  : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल छ महिना पछी नेपाल आइपुगेका छन्।

उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।
देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए। आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन्।

देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थलमा पुगेर स्वागत गरेका छन्।

देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् । इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् ।तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।