सुर्खेत : छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका -१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएको छ ।
बालुवासंग्रहीबाट सल्लीबजारतर्फ फर्किदै गरेको लु १ ज ३०२२ नम्बरको जिप बुधबार दिउँसो भेरी नदिमा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा परेर जिपका चालक र गाडी धनि भेरी नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा जीप चालक जिल्ला दाङ बस्ने अन्दाजी २३ वर्षीय हेमराज बि.सी. र जिल्ला सल्यान, सिद्धकुमाख गाउँपालिका–४ बस्ने अन्दाजी ४३ वर्षीय खलबहादुर राना रहेका छन्।
दुर्घटनामा परेर बनगाड कुपिण्डे नगरपालिका १ आपखोली निवासी २९ बर्षीय प्रेम बिक र २१ वर्षका खुमलाल बुढाथोकी घाईते हुनुभएको छ । उहाँहरु भेरी नदिमा पौडि खेलेर बच्न सफल भएको बताईएको छ । उहाँहरुको अवस्था सामान्य रहेको छ ।
जिप सडकबाट ५० मिटर तल भेरी नदिमा खसेर बेपत्ता भएको बताईएकाे छ । प्रहरीले थप विवरण खुल्न बाँकि रहेको जनाएको छ ।
