६ पुष २०८२, आईतवार

पूर्वाञ्चल विश्वविद्यालयका रिक्त तीन वटै सङ्कायमा डीन नियुक्त

काठमाडौं ।  पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीन वटै सङ्कायमा डीन नियुक्त गरेको छ । नवनियुक्त तीनै जना डीनले आइतबार पदभार ग्रहण गरेका छन् ।कला, शिक्षा, कानुन सङ्कायको डीनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमल प्रसाद दुलाल नियुक्त भएका छन् ।

त्यसैगरी, विज्ञान तथा प्रविधि सङ्कायको डीनमा प्रा. डा. पवन कुमार झा र इञ्जिनियरिङ सङ्कायको डीनमा प्रा. डा. भोला नाथ शर्मा घिमिरे नियुक्त भए । झा पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक हुन् ।

नव नियुक्त डीन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता जनाए  । डीनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

पदभार ग्रहण समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठी, चिकित्सा विज्ञान सङ्कायका डीन डा. शैलेशमणी पोखरेल, कला, शिक्षा, कानुन सङ्कायका डीन राम प्रसाद ढकाल, प्राध्यापक सङ्घका सभापति यज्ञप्रसाद जम्मरकट्टेल, ईञ्जिनियर संकायका सह–डीन ई. हेमन्त कुमार गोइत, कर्मचारी सङ्घका सभापति रुपेश बस्नेतलगायतको उपस्थिति थियो ।