१९ जेष्ठ २०८२, सोमबार

काठमाडौंमा गाडीबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुनमा भ्यानबाट खसेर एक जनाको मृत्यु भएको छ।

 

शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कमा भ्यानबाट खसेर एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो।

महाँकालबाट सीतापाईलातर्फ जाँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको भ्यानबाट कोपिला खसेकी हुन्। घाइते भएकी उनको उपचारको लागि मनमोहन अस्पतालमा लगिएको थियो।