काठमाडौं। काठमाडौंमा एक युवकको हत्या भएको छ ।
हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो। उनको पहिचान खुल्न सकेको छैन । हत्या आरोपमा दुईजना युवक पक्राउ परेका छन् । उनीहरूको उमेर १८ वर्षभन्दा कम छ ।
उनीहरू हत्या स्वीकार गरेका बताइएको छ । झगडाका क्रममा उनीहरूले युवकको टाउकोमा बाँसले हानेको बयान दिएका छन् । थप अनुसन्धान
भइरहेको छ ।