२८ पुष २०८१, आईतवार

बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” सार्वजानिक

काठमाडौं । सर्जक ,कलाकार तथा मोडल बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।

एक्टिभ इन्टरटेनमेन्ट आफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको यो भिडियोमा बाल कलाकार मन्जली तामाङ र आदित्य लम्सालको जोडदार अभिनय रहेको छ भने बिजेन्द्र नौबागे र अस्मिता पुरीको अभिनयले गीतलाई अझ रोमान्टिक बनाएको छ ।

बिजेन्द्र नौबागेको शब्द तथा संगीत रहेको यो गीतमा दिवान किनारको संगीत संयोजन रहेको छ भने मेलिना राई र प्रविन राईको स्वर रहेको छ ।
गीत किङ स्टुडियो अनामनगरमा शुरेस राई को रेकर्ड तथा मिक्सिङ मास्टरीङमा तयार भएको हो ।

बिजेन्द्र नौबागेको निर्देशनमा बनेको यो भिडियोमा दिपेश एसकेको नृत्य निर्देशन,रोजिना श्रेष्ठको श्रृंगार,केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन,ओम प्रसाद प्रसाईको कलरिङ रहेको छ ।

कोचे मल्टिमिडियाको पोष्ट प्रोडक्सनमा बनेको यो गीत तथा भिडियो उत्कृष्ट बनको सम्पादक प्रेम शर्मा पौडेलको दावी छ ।

बागबजार स्थित साउथकुल क्याफेमा वरिष्ठ कलाकार तथा निर्देशक शुभाष प्रंसाद गजुरेलको प्रमुख आतिथ्यतामा यो गीत सार्वजानिक गरिएको हो ।

प्रमुख अतिथि गजुरेलले गीत संगीतको क्षेत्रमा बिजेन्द्र नौबागेले दिएको योगदान निकै प्रशंसनिय रहेको बताउँदै आम दर्शक श्रोताले यो गीत तथा भिडियो मन पराउनेमा आफु आशावादी रहेको बताउनु भयो ।