११ कार्तिक २०८१, आईतवार

सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्ती माध्यम बाट अगाडि बढ्छाै : प्रचण्ड

काठमाडौं :नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले अब सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्तिकाे माध्यमबाट अगाडि बढ्ने बतायका छन्।

माओवादी केन्द्र का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आज काठमाडौंकाे खबरदारी सभालाइ सम्बाेधन गर्द‌ै भने “तपाईहरुले ढुक्कसँग सरकार चलाए हुन्छ, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ, माओवादी अब तपाईंलाई साथ लियर पनि जादैन र तपाईंका पछि पनि लाग्दैन ।बिगतमा कांग्रेस र एमाले संग सत्ता सहकार्य गरेर गल्ती गरेकाे बताय ।

प्रचण्डले अगाडि भने -हामी अलिअलि बिग्रिन थालेका थियौं ! जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने समेत बताए । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए । हामी सिंङ्गाे माओवादीलाई अब एकताको पक्षमा लान्छाै ।

´सरकार अहिले भ्रष्टाचारका फायल खाेल्न हाेइन, लुकाउनमा लागेकाे समेत बताय। अब सशस्त्र र जनयुद्धको तरिका नभयर जनक्रान्तिकाे माध्यमबाट नेपाली जन्ताकाे भबिस्य सुनिश्चित गर्न तर्फ माओवादी लाग्ने छ`।