२ कार्तिक २०८१, शुक्रबार

मेडिकल व्यावसायि दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : मेडिकल ब्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन ।

आईतवार दिउसो प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईले भने -“पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न, एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !” प्रसाईलाई  आज नै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले  प्रसाईंलाई पक्राउ गरेको हो ।साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।