२ कार्तिक २०८१, शुक्रबार

भोली देखि तारकेश्वर नगरपालिकामा विशेष पोलियो खोप अभियान सुरु हुने

काठमाण्डौं । तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुने भएको छ ।तारकेश्वर नगरपालिकाको ११ वटै वडाबाट एक साथ सुरु हुने यस अभियान श्राबण १२ गते सम्म चल्नेछ । विशेष पोलियो खोप अभियान अन्तरगर्त जन्मीए देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई घर घरमा पुगेर पोलियो थोपा खुवाउने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले जानकारी दिनुभयो ।

यस अभियानमा तारकेश्वरका करिब ४१ हजार ३ सय ६२ घर धुरीमा रहेका १७ हजार ४ सय १५ बालबालीकाहरुलाई पोलियो थोपा खुवाइने छ । यस कार्यक्रमका लागि तारकेश्वर नगरपालिकाका ११ वटै वडामा कार्यरत १६५ महिला स्वास्थ्य स्वयमसेवीका सहित ८७० भ्याक्सीन टोली परिचाल हुनेछन् ।

पोलियो उन्मुलन घोषणा भएको करिब २० बर्ष पछि काठमाण्डौंको टुकुचा खोलामा पानी परिक्षणको क्रममा पोलियोको जिवाणु भेटिएपछि सरकारले भोली देखि काठमाण्डौ उपत्यकाको ३ जिल्लामा विशेष पोलियो खोप अभियान एकै साथ सुरु हुंदैछ ।
बिगतमा पोलियो खोप लिएका वा नलिएका सबै बालबालिकालाई यस अवसरमा पोलीयो खोप दिनुपर्दछ ।यस अभियानमा हरेक घर घरमा गएरनै बालबालिकाहरुलाई पोलियो थोपा खुवाइने कार्यक्रम रहेपनी प्रि प्राइमरी स्कुलहरुमा अध्ययन गरिरहेका ५ बर्ष मुनिका बालबालिकाहरुलाई भने विद्यालयमानै गएर पोलियो थोपा खुवाउने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत गणेश कुंवरले जानकारी दिनुभयो ।

कुवंरले चार दिन सम्म चल्ने यस अभियानका क्रममा औषधी उपचारका लागि स्वास्थ्य संस्थामा गएका बालबालिकाहरुलाई पनि सोही स्थानमा पोलियो थोपा खुवाइने कार्यक्रम रहेको बताउनुभयो ।