२ कार्तिक २०८१, शुक्रबार

अनेरास्ववियु(क्रान्तिकारी)ले विशेष भेलाकाे अवसरमा वृक्षरोपण गर्दै

काठमाडौं ।श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी)ले असार २८ गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ । उक्त पार्टी निकट विद्यार्थी संगठनले आफ्नाे बिशेष राष्ट्रिय भेलाको अवसरमा वृक्षारोपण कार्यक्रम गर्न लागेको हाे । संगठनको बिशेष  भेला २९ गते पद्माकन्या क्याम्पस काठमाडौंकाे बाघबजारमा राखिएको छ ।

श्रमिक कम्युनिस्ट पार्टीले यश अघि मजदुर संगठनको विशेष भेला काठमाडौंमा गरेकाे थियाे भने , क्रमश विभिन्न जनवर्गीय संगठनहरुका भेला तत्काल गर्ने पार्टीका केन्द्रीय महाधिवेशन आयाेजक कमिटी सदस्य विनयराजले बताय ।