२ कार्तिक २०८१, शुक्रबार

म बाँचुन्जेल उथलपुथल भईराख्छ : प्रधानमन्त्री -प्रचण्ड

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड”ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने बतायका छन् ।

सोमबार काठमाडौंको भृकुटीमण्डपमा स्थित राष्ट्रिय सभा गृहमा सहिद प्रतिष्ठान नेपालले आयाेजना गरेकाे “शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताए ।

प्रधानमन्त्रीले भने-“आजको दिन विशेष दिन, नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ”।
उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै भने,‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’ उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको पनि बताए ।‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी । नयाँ -नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता भएको छ’, प्रचण्डले भने, “माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो,अरुको कसैको होइन” प्रतिष्ठानले आयाेजना गरेकाे कार्यक्रममा नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लव ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्ताेला कन्चन , जसपा का नेता र जनक शाह ले पनि सम्बाेधन गरेका थिय।