२ कार्तिक २०८१, शुक्रबार

क्रान्तिकारी युवा संगठन नेपालले गिरफ्तार नेताहरुकाे रिहाइको लागी प्रेस विज्ञप्ति जारी गरेकाे छ

पाेखरा :क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा कास्की जिल्ला संयोजक सुर्य गिरफ्तार भएका छन ।
उनलाई पोखरा औद्योगिक क्षेत्र नजिकबाट गिरफ्तार गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे सहायक संगठन क्रान्तिकारी युवा संगठनले चरणबद्ध रुपमा देशका विभिन्न ठाउँहरुमा भ्रष्टाचार विरुद्ध कालोमोसो दल्दै आएको छ ।
साथै उक्त संगठनले आजै एक विज्ञप्ति जारी गर्दै विनासर्त रिहाइको माग गरेको छ । रिहाइ नगरिए सशक्त सङ्घर्षमा होमिन बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षनै हुनुपर्ने समेत चेतावनी दिएको छ ।
विज्ञप्तिमा यस्ताे भनियकाे छ :
“हजारौं युवाहरुको बलिदानमा जन्मिएको महान तथा गौरवशाली सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपाल विगत लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविका पक्षमा एवम् भ्रष्टचारका विरुद्धमा सडक सङ्घर्षमा रहेको सर्वविदितै छ ।
सङ्गठनका केन्द्रिय सदस्य तथा कास्की जिल्ला संयोजक कमरेड सूर्य परियारलाई खाना खाइरहेको बेला कास्की जिल्लाको पोखराबाट बिना कारण प्रहरीले गिरफ्‌तार गरेको छ । गिरफ्तार कमरेडलाई यथाशीघ्र विनासर्त रिहाइको माग गर्दछौं । अन्यथा राज्यको यस्तो षड्यन्त्रमूलक गतिविधि विरुद्ध हाम्रो सङ्गठन सशक्त सङ्घर्षमा होमिन बाध्य हुनेछ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षनै हुनेछ ।” संगठनले केन्द्रीय संयोजक हरिश भट्टद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गरेकाे छ ।