९ कार्तिक २०८१, शुक्रबार

सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

जाजरकोट :सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाईएका सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ ।
भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

भुकम्पले क्षेतीग्रस्त भएको खलंगा बजारको नव निर्माण गर्न भेरी नगरपालिकाले बिहिबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बैठकले सरकारी मापदण्ड पुरा गरेर घर निर्माण गर्नुको साथै, सडक, मन्दीर, खानेपानी लगाएतका सार्वजनिक संरचनाको नव निर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ ।

बैठकले जिल्ला सदरमुकाम खलंगा भित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संरचनाहरु भत्काउने निर्णय गरेको भेरी नगरपालिकामा कार्यरत कर्मचारी केदार बहादुर कार्कीले जानकारी दिएका छन् ।जिल्ला सदरमुकाम खलंगालाई नव निर्माण गर्न बैठकले मुल सडकको चौढाई १० मिटरको ठाउँ छोड्नुको साथै ३ मिटर सेटव्याकमा घर बनाउने निर्णय भएको भेरी नगरपालिकामा कार्यरत सर्वेक्षक केशव पुनले जानकारी दिए ।

सर्वेक्षक पुनले दिएको जानकारी अनुसार सहायक सडकको चौढाई ४ मिटरको ठाउँ छोड्नुको साथै ढाई मिटर सेटव्याक छोडेर सटर निर्माण गर्ने बैठकले निर्णय गरेको छ । आफुलाई कण्ठ नभएको हुदा संरचना भत्काइने ५२ घरका नाम लिष्टका बिषयमा बताउन नसकिने नगरपालिकाका कर्मचारीहरुले बताएका छन् । संरचना भत्काइने घरका नाम, लिष्टहरुको केही दिनमा सार्वजनिक सुचना प्रकाशित हुने कर्मचारीले बताए ।