सन्दर्भ,१३१ ओैँ माओ जयन्ती :
सन १९६६ देखि १९७६ सम्म एक दशक अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता , चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्तिका विचारक तथा पहिलो प्रयोगकर्ता एवम् माओवादका प्रवर्तक माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो । यसको मुख्य उद्श्य चिनियाँ कम्युनिस्ट पार्टीको माथिल्लो तहमा सत्ताको पदमा पुगेका दक्षिणपन्थी संशोधनवादी एवम् ख्रुश्चोवका चेलाहरुलाई परास्त गर्नु रहेको थियो । अर्थात् महान् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ तोल्याउन , पुँजीवादको पुनर्स्थापनालाई रोक्न वैज्ञानिक समाजवको निर्माणलाई समयानुकूल अगाडि बढाउन र विकास गर्ने रहेको थियो । र , सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर जारी राख्ने उद्श्यले सञ्चालन गरिएको थियो ।सन १९४९ मा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । महान् चिनियाँ नयाँ क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक युगान्तकारी परिघटना थियो । त्यसपछि चीनमा जनताको जनवादी अधिनायकत्व कायम गरियो । त्यस चरणमा नयाँ जनवादी क्रान्तिको चरण मुख्य रुपले समाप्त भयो । त्यसपछि वैज्ञानिक समाजवादी क्रान्तिको चरण शुरु भयो ।
देशव्यापी विजयको पूर्वबेलामा आयोजित पार्टीको सातौं केन्द्रीय समितिको दोस्रो पूर्ण अधिवनै स्पष्ट रुपले अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो , ” देशव्यापी मुक्ति पछि प्रधान घरेलुु अन्तर्विरोध ” मजदुर वर्ग र पुँजीपतिवर्गबीचको अन्तर्विरोध ” हुनेछ । अन्तर्विरोध यस कुरामा केन्द्रित थियो कि समाजवादी बाटो अपनाउने वा सर्वहारा अधिनायकत्व लागु गर्ने वा बुर्जुवा अधिनायकत। अगाडि अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो , ” हाम्रो पार्टीको नाम र हाम्रो मार्क्सवादी – लेनिनवादी विश्वदृष्टिकोणले स्पष्ट रुपमा यो बताउँछ कि हाम्रो पार्टीको प्रधान कार्यक्रम पुँजीपतिवर्ग एवम् अन्य सबै शोषकवर्गहरुको तख्ता पूर्ण रुपले उल्ट्याउनु , बुर्जुवा अधिनायकत्वको ठाउँमा सर्वहारा अधिनायकत्व कायम गर्नु र अन्तिम लक्ष्य साम्यवादलाई साकार बनाउनु हो ।” त्यसपछि सन १९५३ सम्म तीन वर्षको अबधिमा ठूला जमिन्दार र ठूला पुँजीपतिहरु वर्गहरुको अधिनायकत्व भएको राज्य मेशनरीलाई ध्वस्त गरी जनताको राज्यसत्ता कायम गरिएको थियो र राष्ट्रिय अर्थतन्त्रको पुनरुध्दार गर्दै जनताको जनवादी अधिनायकत्वलाई मजबुत तुल्याउने काम भयो ।
सन १९५३ मा ” तीन खराबीहरु ” ( अर्थात् , भ्रष्टाचार , फजुल खर्ची नोकरशाही ) को बिरोध गर्ने आन्दोलन तथा ” पाँच खराबीहरु ” ( अर्थात् घुस खोरी , करभुक्तानीमा धोकाबाजी , राज्यको सम्पतिको चोरी , सरकारी ठेक्कापट्टाहरुमा छलकपट र राज्यको आर्थिक सूचनाहरुको चोरी बारेमा कमरेड माओले स्पष्ट पार्नु भएको थियो ।
चीनमा समाजवादी क्रान्ति पुँजीवादको अन्त्येष्टि गर्ने एउटा संघर्ष थियो । त्यसलाई जनताको ठूलो समर्थन थियो । त्यसैक्रममा पार्टीले ल्यू शाओ ची र उसको गिरोहको अनावश्यक तोडफोडको सामना गर्नु परेको थियो । त्यस गिरोहले पार्टीको केन्द्रीय समितिमा फूट पार्ने र सर्वहारा अधिनायकत्वलाई उल्ट्याउने असफल कोसिस गरेको थियो ।
सन १९५६ मा सम्म आइपुग्दा चिनियाँ कम्युनिस्ट पार्टीले देशमा स्वामित्वको क्षेत्रमा पुँजीवादी उद्योग , बाणिज्य र दस्तकारी समाजवादी रुपान्तरण मुख्यरुपले पुरा गरिएको थियो । त्यस अबधि संक्रमणकालको लागि पार्टीको आम दिशाले महान् विजय हासिल गरेको थियो । त्यसै सिलसिलामा उत्पादनका साधनहरुको स्वामित्वको क्षेत्रमा समाजवादी रुपान्तरण मुख्यगरी पुरा भएपछि चीनको समाजवादी क्रान्ति र सर्वहारा अधिनायकत्वका अगाडि एउटा नयाँ प्रश्न खडा भएको थियो । जस्तो कि प्रधान घरेलुु अन्तर्विरोध के हो ? के वर्ग , वर्गीय अन्तर्विरोध र।वर्गसंघर्ष अझै पनि कायमै छ ? चिनियाँ क्रान्तिको भावी कार्य के हो ? ल्यू शाओ ची र उसको गिरोहकोजवाफ थियो ” चीनमा पुँजीवाद र समाजवादमा कसले जित्छ भन्ने प्रश्नको फैसला भइसकेको छ ,” ” सर्वहारा वर्ग र पुँजीपतिवर्गबीचको अन्तर्विरोध खासगरी समाधान भइसकेको छ ” तथा ” प्रधान घरेलु अन्तर्विरोध उन्नतशील समाजवादी व्यवस्था र पिछडिएको सामाजिक उत्पादक शक्तिहरुबीचको अन्तर्विरोध हो ” । उनीहरूको यो भनाइलाई चिनियाँ कम्युनिस्ट पार्टीले आजको नयाँ परिस्थितिमा यो बर्नस्टाइन र काउत्स्कीको ” उत्पादन शक्तिहरुको सिध्दान्त ” को नयाँ संस्करण भएको संश्लेषण गरेको थियो । ल्यूशाओ ची गिरोहले चीनमा वर्गसंघर्ष समाप्त भइसक्यो , उत्पादन संघर्ष पहिलो हो ” भनेको थियो तर चिनियाँ कम्युनिस्ट पार्टीले भने ” वर्गसंघर्ष सिध्दिएको छैन , वर्गसंघर्ष पहिलो हो भने दोस्रो उत्पादन संघर्ष हो ” ठहर गरेको थियो । यी दुई विपरीत विचारका बीचमा अन्तर्विरोध पैदा भएको थियो । चीनमा ” वर्गसंघर्ष ” पहिलो कि ” उत्पादन संघर्ष ” पहिलो भन्ने कार्यदिशाका बीचमा अन्तर्विरोध पैदा भयो । ल्यूशाओ ची गिरोहले “उत्पादन संघर्ष ” पहिलो हो र ” वर्गसंघर्ष ” दोस्रो हो भन्यो भने माओले ” वर्गसंघर्ष ” पहिलो हो र ” उत्पादन संघर्ष ” दोस्रो हो भन्नुभयो ।
ल्यूशाओ ची गिरोहले पुँजीवादी बाटो समात्ने कार्यदिशालाई सम्पूर्ण पार्टीमाथि जबर्जस्ती लाद्ने कोसिस गर्यो । तर माओले पार्टीको आठौं राष्ट्रिय काँग्रेसको प्रस्ताव ल्याएर ल्यूशाओ ची र उसको गिरोहले जुन कुरा घुसाएका छन् ती गलत छ र मार्क्सवादका विरुद्ध छ भन्नुभयो र त्यसैक्रममा कमरेड माओले ” जनताबीचको अन्तर्विरोधहरुको सही ढंगले समाधान गर्ने बारेमा ” नामक रचना प्रकाशित गर्नु भएको थियो ।
कमरेड माओले मार्क्सवाद – लेनिनवादको विकासको इतिहासमा पहिलोपटक सुव्यवस्थित रुपले स्वामित्वको समाजवादी रुपान्तरणमा प्रमुख विजय प्राप्त भए पछि समाजवादी समाजमा वर्गहरु , वर्गीय अन्तर्विरोधहरु र वर्गसंघर्ष सम्बन्धि प्रश्नको जवाफ दिनुभएको थियो । र उहाले अजय द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादको प्रयोग गरी ल्यू शाओ चीको संशोधनवादी वाहियात तर्कहरुको पूर्णरूपले खण्डन गर्नुभएको थियो र सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिध्दानणतद्वारा चिनियाँ कम्युनिस्ट पार्टीलाई सुसज्जित तुल्याउनु भएको थियो ।
सन १९५७ मा आइपुग्दा कमरेड माओले प्रतिपादित गरेको सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिध्दान्त सही सावित भएको कुरा १९५६ मा रुसमा ख्रुश्चोवले गरेको प्रतिक्रान्ति र त्यसले विश्व कम्युनिस्ट आन्दोलनलाई पारेको प्रभाव र चीनमा ख्रुश्चोवका चेला ल्यू शाओ ची गिरोहले गरेको पागलपूर्ण हर्कतहरुले पुष्टि गरिदएको थियो ।
सेप्टेम्बर १९६२ मा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको एउटा महान् ऐतिहासिक महत्त्व राख्ने दशौं पूर्ण अधिवेशन आयोजना थियो । उक्त अधिवेशन यस कुराको प्रतीक थियो कि चिनियाँ सर्वहारा वर्ग र मेहनतकश जनताको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीपतिवर्गमाथि नयाँ आक्रमण शुरु गरेको थियो । उक्त बैठकबाट कमरेड माओले सम्पूर्ण पार्टी , सम्पूर्ण जनमुक्ति सेना र पुरा देशका सबै जातिहरुका जनतालाई आह्वान गर्नुभएको थियो कि ” वर्गसंघर्षलाई कहिल्यै नबिर्स ” र उहाले चीनको र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुको सारांस निकाल्नु भएको थियो । र समाजवादको सम्पूर्ण ऐतिहासिक यात्राका लागि चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख कार्यदिशालाई अझै महत्त्वपूर्ण रुपले पेश गर्दै संविधान समेत लेखिएको बताउनु भएको थियो । त्यस दशौं पूर्ण अधिवेशन पछि कमरेड माओले ” सही विचार कहाँबाट आउँछ ? ” शीर्षकको सुप्रसिध्द निबन्ध लेख्नुभएको थियो । त्यसपछि माओले बताउनुभएको थियो ” वर्तमान आन्दोलनमा प्रहारको मुख्य निशाना पार्टी भित्र रहेका पुँजीवादी बाटो अपनाउने चल्दापूर्जा वाला हुन ” भन्ने नीतिको विरोध गरियो ।
नोभेम्बर १९६५ मा माओले ” आफ्नो पदबाट हाए जुइको बर्खास्ती ” को खण्डन गर्ने आन्दोलन उठाउनु भयो । उक्त आन्दोलनको मुकाविला गर्न ल्यू शाओ ची र उसको गिरोहले १९६६ मा ” फेब्रुअरी रुपरेखा ” रचना गरेको थियो ।त्यस गतिविधिबाट स्पष्ट भएको थियो कि ल्यू शाओ ची देशभित्र पुँजीवादी बाटो अपनाउने चल्तापूर्जा व्यक्तिहरुको सबैभन्दा प्रमुख प्रतिनिधि हो र चीनको ख्रुश्चोव हो ।
१६ मे १९६६ को ” परिपत्र ” जुन कमरेड माओको निर्देशनमा तयार पारिएको थियो , ले सम्पूर्ण पार्टीलाई यो आह्वान गरिएको थियो कि ” तिनीहरू अहिले पनि हाम्रो निजकै आशन जमाएर बसेका छझ” , ” ख्रुश्चोभ जस्ता मान्छेहरु ” संग सावधान रहौं । उक्त ” परिपत्र ” अनुसार स्थापित भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति मातहतको साँस्कृतिक क्रान्ति समुहले महान् सर्वहारा साँस्कृतिक क्रान्तिको क्रममा कमरेड माओको सर्वहारा क्रान्तिकारी कार्यदिशालाई दृढताकासाथ लागु गरिएको थियो ।
महान् सर्वहारा साँस्कृतिक क्रान्तिको शुरुवात :
अगस्ट १९६६ मा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको एघारौं पूर्ण अधिवेशनमा कमरेड माओको अध्यक्षतामा ” महान् सर्वहारा साँस्कृतिक क्रान्तिको बारेमा निर्णय ” पारित भएको थियो । अधिवेशनमा पार्टी अध्यक्ष कमरेड माओले ” हेडक्वाटरमाथि वम वर्षा गर ” शीर्षकको ठूला ठूला अक्षरमा पोस्टर प्रकाशित गरिएको थियो र आौपचारिक रुपले ल्यू शाओ चीको घोर संशोधनवादी कार्यदिशाको पर्दाफास भएको थियो । र , त्यसरी महान् सर्वहारा साँस्कृतिक क्रान्तिको जन्म भएको थियो । महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्टको इतिहासमा एक युगान्तकारी परिघटना थियो ।
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रा, जसको सूत्रपात पार्टीका अध्यक्ष कमरेड माओको एउटा महान् सर्वहारा क्रान्तिकारीको साहस एवं दूरदर्शिताद्वारा गर्नुभएको थियो र जुन उहाँको संलग्नतामा १९६६ देखि १९७६ सम्म एक दशकसम्म चल्यो । जसमा करोडौं करोड क्रान्तिकारी जनसमुदायले भाग लिएका थिए ।
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा वर्गद्वारा पुँजीपतिवर्ग र अन्य तमाम शोषकवर्गहरुका विरुद्ध सञ्चालन गरिएको महान् राजनीतिक क्रान्ति थियो । त्यो चिनियाँ कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वमा व्यापक जनसमुदायद्वारा क्वोमिन्ताङ प्रतिक्रियावादीहरुका विरु सञ्चालन गरिएको दीर्घकालीन संघर्षको जारी रुप थियो , तथा सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको वर्गसंघर्षको जारी रुप थियो । त्यसलाई चीनको दोस्रो क्रान्ति पनि भन्न सकिन्छ ।
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको मुख्य लक्ष्य पार्टीको उच्च ओहदा र सरकारको उच्च पदमा पुग्न सफल भएका ल्यूशाओ ची जस्ता गध्दार संशोधनवादीहरुलाई पार्टी भित्र र बाहिर चिनियाँ समाजमा नाङ्गेझार पारेर जनताका बीचबाट अलग्याउने र आम पार्टी पंक्ति र आम जनताका बीचबाट फ्याक्नु थियो । त्यहाँ भनिएको थियो कि, ” हाम्रो अन्धकारमय पक्षको पर्दाफास गर्न खुला रुपमा , चौतर्फी रुपले र तलदेखि माथिसम्म व्यापक जनसमुदायलाई गोलबन्द गर्नले मात्र ल्यू शाओ चीको अन्त्य गर्न सम्भव हुनेछ , करोडौं करोड जनसमुदाय वर्गसंघर्षको भट्टिमा खारिएर कठोर बनुन् , संशोधनवाद विरोधी संघर्षमा शिक्षा प्राप्त गरुन् तथा सत्ताको त्यो हिस्सा जुन पुँजीवादी बाटो अपनाउने मुठ्ठीभर चल्तापूरजाले नाजायज तरिकाबाट प्राप्त गरेका थिए , आफ्नो हातमा फिर्ता लिने अनुभव हासिल गरुन् ।”
महान् दश वर्षे चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको अबधिमाल असल र खराब मान्छेहरुबीच सर्वहारा क्रान्तिकारी कार्यदिशा र बुर्जुवा प्रतिक्रान्तिकारी कार्यदिशाबीच भिन्नता छुट्टाउन सिके र माओको सर्वहारा क्रान्तिकारी कार्यदिशा एवं नीतिहरु सही ढंगले लागु गर्न पनि सिके । यसरी पुरा देश माओ त्सृतुङ विचारधाराको जीवन्त रुपले अध्ययन गर्ने र त्यसलाई जीवन्त रुपले व्यवहारमा उतार्ने एउटा महाविद्यालयमा परिणत भएको थियो । व्यापक चिनियाँ जनताले जबर्जस्त आँधीबेरीमा ती चीजहरु सिके जुन सामान्य दिनहरुमा सिक्न सकेका थिएनन् । जनमुक्ति सेनाले चमत्कारी कार्य गर्न सफल भएको थियो ।
महान् दश वर्षे चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति उचित समयमा सञ्चालन गरिएकोले महान् उपलब्धि हासिल गर्न सफल भएको थियो । जस्तो कि यस विषयमा कमरेड माओले भन्नुभएको छ , ” महान् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ बनाउन , पुँजीवादको पुनस्र्थापनालाई रोक्न र समाजवादको निर्माण गर्न अति आवश्यक छ र अत्यन्तै समयानुकूल छ ।”
अप्रिल १९६९ सम्म आइपुग्दा जब महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिमा महान् विजय प्राप्त भइसकेका थिए , कमरेड माओको अध्यक्षतामा पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको थियो । उक्त महाधिवेशनमा राजनीतिक प्रतिवेदन र ” चिनियाँ कम्युनिस्ट पार्टीको विधान ” पारित गरिएको थियोे र नयाँ केन्द्रीय समिति , जसको नेता कमरेड माओ चुनिनु भएको थियोे र राजनीतिक प्रतिवेदनमा सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने क्रममा कमरेड माओको सिध्दान्तमाथि सुव्यवस्थित रुपले प्रकाश पारियो र महान् सर्वहारा साँस्कृतिक क्रान्तिको महत्त्वपूर्ण अनुभवहरुको सारांस निकालिएको थियो ।
सन १९७६ सेप्टेम्बर ९ दिन कमरेड माओ त्सेतुङको निधन भयो । त्यसको ठिक महिनापछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनःस्थापना भयो ।
निष्कर्ष ;
चीनमा समाजवादी क्रान्तिकालमा माओ त्सेतुङको निर्देशन र चिनियाँ कम्युनिस्ट पार्टीको निर्णय अनुसार सन १९६६ देखि १९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्तिको उद्घोषण तथा सञ्चालन गरिएको थियो । यस साँस्कृतिक क्रान्तिका मुलतः दुई प्रकारका मान्यतामा आधारित रहेको थियो । पहिलो : समाजवादी समाजमा वर्गस, वर्गीय अन्तर्विरोध र पुँजीवादी तथा समाजवादी बाटोकाबीच चल्ने संघर्षको प्रकृति दीर्घकालीन हुन्छ र त्यस स्थितिमा पुँजीवादको पुनःस्थापनाको सम्भावना भई नै रहन्छ । दोस्रो : पुँजीवादको पुनःस्थापना रोक र समाजवादको विजय सुनिश्चित तुल्याउनका लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अनिवार्य रुपमा जारी राख्न आवश्यक पर्दछ ।
चिनियाँ महान् सर्वहारा साँस्कृतिक क्रान्ति माओको मौलिक र महत्त्वपूर्ण वैज्ञानिक सिध्दान्त हो । माओद्वारा प्रतिपादित महान् सर्वहारा साँस्कृतिक क्रान्ति सम्बन्धि मान्यताले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र वैज्ञानिक समाजवादी क्रान्तिको इतिहासमा युगान्तकारी महत्त्व राख्दछ ।
सन १९६६ देखि १९७६ सम्मको एक दशकको अबधि भरी सञ्चालन गरिएको महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिकालमा ” हेडक्वाटरमा वम वर्षाउ” भन्ने ठूला ठूला अक्षरले लेखिएका पोस्ट,हरुले सारा चीन संगिएको थियो । महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वको केन्द्रीय अभिव्यक्ति थियो र मूलतः यो एक राजनीतिक क्रान्ति थियो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वको सर्वोच्च अभिव्यक्ति हो भन्ने कुरा रुसमा भएको प्रतिक्रान्ति र चीनमा भएको प्रतिक्रान्तिले पुष्टि गरिसकेको छ । किनभने रुसमा भएको प्रतिक्रान्ति र चीनमा भएको प्रतिक्रान्ति पश्चात् ती देशहरूमा पुँजीवादको पुनःस्थापना भएको छ । यसलाई यान्त्रिक ढंगले बुझ्ने र लागु गर्ने नभएर समय र बदलिँदो परिस्थिति अनुसार सिर्जनात्मक ढंगले लागु गर्दै विकास गर्दै जानु नै विश्व सर्वहारा वर्गको ऐतिहासिक कार्यभार बन्न पुगेको छ ।
त्यसैले वैज्ञानिक समाजवादी क्रान्ति पछि प्रतिक्रान्ति हुनबाट रोकेर वैज्ञानिक साम्यवादमा पुग्ने यात्रा तय गर्नका लागि यो महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति एउटा महत्त्वपूर्ण वैचारिक हतियार हो भन्ने कुरा प्रमाणित गरिदिएको छ । यस महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको सारतत्व भनेको सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत मार्क्सवाद विरोधी विचारधारात्मक राजनीतिक , आर्थिक , सामाज, साँस्कृतिक ,पारस्परिक र व्यक्तिका निजी बानी व्यहोरा , चालचलन लगायतका आम गलत प्रवृत्तिका विरुद्ध निरन्तर क्रान्ति हो । यो क्रान्ति वर्ग र वर्गीय सत्ता रहुन्जेलसम्म अर्थात् वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवाद प्राप्त नगरुन्जेलसम्म जारी राख्न अनिवार्य हुन्छ भन्ने शिक्षा विश्व सर्वहारा वर्गलाई दिएको छ ।
( केसी : वरिष्ठ मार्क्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )