जाजरकोट : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले जिल्लाको बारेकाेट गाउपालिका वडान -२ सिल्पाचौरका भुकम्प पिडितलाई ८२ वटा अस्थायी आवास हस्तान्तरण गरेकाे छ ।बुधबार राष्ट्रिय युवा संघ नेपालले भूकम्प प्रभावित जिल्ला जाजरकोटको बारेकोट गाउँपालिकामा थप ८२ वटा अस्थायी आवास निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको युवा संघ जाजरकोटका बरिस्ठ उपाध्यक्ष अशाेक बहादुर सिंहले बताय ।पार्टीको अभियानअन्तर्गत युवा संघ नेपाल कर्णाली प्रदेश अध्यक्ष जीवन शाही, उपाध्यक्ष गणेश बहादुर शाही सहितको टोलीले बारेकोटको सिल्पाचौरमा २२ दिनमा अस्थायी आवास निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको हो।
हस्तान्तरण गरिएकामध्ये ६१ वटा आवासको लागि युवा संघ आफैले निर्माण सामाग्रीको व्यवस्थापनगरेको थियो।अभियानका क्रममा ११ वटा जोखिमपूर्ण भग्नावशेष हटाइएको, ५ वटा सार्वजनिक शौचालय र एउटा अस्थायी विध्यालयको टहरा निर्माण गरिएको युवा संघ कर्णाली प्रदेश उपसचिवबद्री बोहराले जानकारी दिय।अस्थायी आवास हस्तान्तरण कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले गत कात्तिक १७ गते भूकम्पको केन्द्रबिन्दु समेत रहेको जोखिम क्षेत्रमा पुगेर युवासंघले गरेको कामको प्रशंसा गर्दै अस्थायी आवास निर्माणले त्यस क्षेत्रका प्रभावित नागरिकलाई राहत पुगेको बताय।
अध्यक्ष शाहले भूकम्प प्रभावित क्षेत्रमा निरन्तर स्वयसेवीको रूपमा काम गर्ने एमाले एकमात्र पार्टीभएको बतायका छन । अस्थायी आवास पाय पछि त्यहाँका स्थानीय बासिहरुले अभियान टिमलाई हर्ष उल्लासका साथ बिदाइ गरेकाे त्यहाबाट गणेश शाहिले जानकारी दिय।