९ मंसिर २०८१, आईतवार

जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि आत्म हत्याको प्रयास गरिन्

सुर्खेत : जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि बीस  सेवन गरि आत्महत्याको प्रयास गरेकि छिन ।

जाजरकोट जिल्ला जुनिचाँदे गाउपालिका वडा न- ९ कि  हाल बिरेन्द्रनगर नगरपालिका -७ सुर्खेतमा अध्यनकाे सिलसिलामा बस्दै आएकी सरा कुमारी शाहीले आफुले न्याय नपाएको भन्दै अदालत अगाडि बीस सेवन गरि आत्महत्या गर्न  खाेजेकि हुन ।सुर्खेत बसिरहेकाे अवस्थामा २०७९ साल मंसिरमा दार्चुला जिल्ला महाकाली नगरपालिका -५ का प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्ना संग सामाजिक संजालबाट प्रेम सम्बन्ध जाेडियपछि , ललाई फकाई , शाहीलाई मन पराउछु , बिहे गर्छु भनी २०८० वैशाख २ गते सुर्खेत मै बसिरहेकाे डेरामा  पुगि युवतीको मन्जुरी वेगर करणि गरेकाे र तेहि दिन देखि शारीरिक तथा मानसिक यातना दिदै आइरहेकाे  र उता प्रहरी जवान ठगुन्नाका घर परिवारले पनि कतै उजुरी गरेमा ज्यान समेत लिने धम्की दिय पछि न्याय माग्न शाहीले  ज्यान बचाउन र जवरजस्ति करणी सम्बन्धि जाहेरी दरखास्त सहित  जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मिति २०८० कार्तिक १९ गते उपस्थित हुदा उक्त जाहेरी दर्ता गर्न नमाने पछि , जाहेरी दर्ता र  निज अन्यायिलाई आवस्यक कार्वाही गरि पाऊ भनि कार्तिक २० गते नै सुर्खेत जिल्ला अदालत पुगिन ।

उक्त जाहेरि निवेदनकाे सुनुवाइमा आवस्यक कार्वाही गर्न लापरबाही गरेकाे र आफुलाई  कतै वाट पनि न्याय हुने खालकाे अवस्था नभय पछि शाहीले अदालत अगाडि नै बीस सेवन गरेकाे बुझिएको छ । युवतीलाई अहिले प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।