२ कार्तिक २०८१, शुक्रबार

प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् ।

नेकपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए ।

प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताए । ‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं ।