२ कार्तिक २०८१, शुक्रबार

रामेछापको दोरम्बा सामुहिक हत्या गरियका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

रामेछाप ।तत्कालीन जनयुद्धको वेला २०६० साल साउन ३२ गते आजकै दिन रामेछाप जिल्लाको दाेरम्बामा २१ जनाकाे सामुहिक हत्या भयकाे थियाे ,साेहि  दोरम्बा हत्काकाण्डको २१ औं स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहिदहरुको शालिकमा अबीर र माल्यार्पण सहित मुठ्ठी उठाई श्रद्धाञ्जली अर्पण गरियकाे थियाे । महान सहिदहरुको स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अटलले नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अगाडि नबढेसम्म सहिदहरुको सपना पूरा नहुने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले महान सहिदहरुको अधुरा सपना र संघर्ष पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

पार्टीका सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठले सहिदका सपना पूरा गर्ने अस्त्र भनेकै क्रान्ति भएको भन्दै क्रान्तिको अभिभारा पूरा गर्न महान सदिहरु सँधै उर्जा र उत्प्रेरणा बनिरहने र दोरम्बा हत्याकाण्डमा जीवन बलिदान गर्ने सहिदहरुले क्रान्तिकारीहरुलाई उर्जा प्रदान गरिरहेको बताय ।

त्यसैगरी पार्टीका सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक शरद रसाइलीले सहिद परिवारको निर्देशन भएमा आफूहरु फेरि पनि बलिदानका निम्ति तयार रहेको र सहिद र सहिद परिवारसँग क्रान्तिका लागि आशीर्वाद लिन आएको भन्दै क्रान्तिविना सहिदहरुको सपना पुरा नहुने कुरा स्पष्ट पारे ।

सहिद परिवारको तर्फबाट कुरा राख्दै डम्बर थापा मगरले हिजो जनयुद्ध लडेको माओवादीको एक हिस्सा यही दलाल संसदीय व्यवस्थाको वरिपरि गोलचक्कर मार्न पुगेको र माओवादी आन्दोलनमा आएको टुटफुट र विभाजनले गर्दा सहिद र सहिद परिवारहरुको सम्मान नभएको गुनासो ब्यक्त गरे ।  क्रान्तिविना सहिदहरुको सपना पुरा नहुने र त्यसका लागि सहिद परिवारहरुलाई पनि संगठित गर्नुपर्ने कुरा ब्यक्त गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको आयोजनामा सम्पन्न स्मृतिसभाको अध्यक्षता पार्टीका जिल्ला इन्चार्ज लांघाली मगरले गरेका थिय भने सञ्चालन पार्टीका जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिय । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की सहसंयोजक शारदा महत, सचिवालय सदस्य तथा ललितपुर जिल्ला संयोजक कगेन्द्र, केन्द्रीय सदस्यहरु केशव ढलकोटीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहिद परिवारहरुको तर्फकाट भक्तबहादुर थामी, डम्बर थापा मागर, कान्छीमाया तामाङ, हरि दाहाल, मेन्दो तामाङ, मायादेवी तामाङ, सुन्तली मोक्तान, अमर मोक्तान, तम्मा थामाी, चम्पा चुनुवाङ, कपिल गिरी, फुलमाया लुहार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद परिवारहरुलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका फाेटाहरु :