लेखक : रमेश सुनार
वर्तमान अवस्थामा मुलुकमा गम्भीर चुनौतीको रूपमा खडा भएको दलालि र भ्रष्टाचार हो । यसलाई हामीले राजनीतिक भाषामा सत्तासँग जोडेर भन्दा दलाल संसदीय व्यवस्था हो भनेर पनि भन्न सकिन्छ । यसले राष्ट्र निर्माणमा गम्भीर असर पुर्याइरहेको छ । गरिब जनता झन भन्दा झन गरिब र पीडित बन्दै गइरहेका छन् भने बिचौलिया, दलाल, भ्रष्टाचारीहरु झन भन्दा झन अमिर बन्दै गइरहेको अवस्था छ । यस्तो हुनु भनेको धनी र गरिब बीचको शिखर खडा हुनु हो । असमानता र अस्थिरताको खाडल निर्माण हुनु हो ।
जब ७० को दशकमा हामी राजनीतिमा प्रवेश गर्दै थियौँ । त्यसबेला तत्कालीन पार्टीले अबको लडाइँ कुनै आर्मी, पुलिस, कुनै पार्टी विशेष वा कुनै व्यक्ति विशेष सँग नभएर दलाल भ्रष्टाचारीहरुसँग र दलालहरु जन्माउने दलाल संसदीय व्यवस्थासँग भएको उद्घोष गरेको थियो ।
हामीले यो बीचमा थुप्रै जनता, राष्ट्रभक्ती शक्ति, प्रोफेसर, डाक्टर, पाइलट, इन्जिनियर, व्यपारी, बुद्धिजीवी लगाएत आर्मी, पुलिस का उच्च पदस्त व्यक्तित्वहरुसँग छलफल र बहस गरेका थियौं । यो प्रक्रियामा हामीले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की, चुडामणी शर्मा, गोपाल खड्का, राधेश पन्त, गोकुल बास्कोट लगायतका साना ठुला थुप्रै दलाल भ्रष्टाचारीहरुलाई कारबाही गरेर वर्ग संघर्षको रियलसल प्रस्तुत गरेका थियौं । यसले दलाल भ्रष्टाचारीहरुको निध हराम भएको थियो भने स्वाभिमान नेपाली जनता खुशी भएका थिए ।
जब हामीले दलाल भ्रष्टाचारीहरुसँगको लडाई भनौं या वर्ग संघर्षको प्रक्रियालाई एक स्टेप माथि उठायौ तब हामीलाई दलाल भ्रष्टाचारको संरक्षण गर्ने केपी ओली, शेर बहादुर देउवा र केपी पीके नेतृत्वको सरकार र त्यसका नाइकेहरुले प्रतिबन्ध लगाए कुमार पौडेल लगाएतका कमरेडहरुको हत्या गरे । दलाल भ्रष्टाचारीहरुको विरुद्धमा बोल्ने, लेख्ने र जनतालाई सु–सज्जित गर्ने हाम्रो पार्टीका हजारौं नेता, कर्याकर्ताहरुलाई झुट्टा मुद्दाहरु लगाइ जेल हाले र अहिले पनि सयौं साथीहरू जेलमा नै हुनुहुन्छ ।यति खेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनि करोडौं ठगी गरिएको समाचार संचार माध्यममा छ्यापछ्याप्ती आईरहेको छ । यस प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतका व्यक्तिहरु पक्राउ परिसकेका छन् । यस प्रकरणमा मुछिएका पूर्वउप्रधान मन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने हाल फारर रहेका छन् । यस प्रकरणमा ठुला भनिने नेताका श्रीमती छोराछोरी मन्त्रालयका सचिव देखि अख्तियार प्रमुख सम्म र अरु भ्रष्टाचार र दलालिहरुको पनि विषय आइरहेको छ । सन् २०१५/१६तिर अन्तर्राष्ट्रिय बजारको राजनीतिक वृत्तमा हुने भ्रष्टाचारका केहि प्रतिनिधि घटनाहरु पनि समाचारहरुमा पढ्न पाइयको थियो । सन २०१५ मा अष्ट्रेलियाका सभामुख ब्रोनयिनले राजीनामा दिएकी थिइन् । त्यस्तै सन् २०१५ मै रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टाको सम्पत्ति रोक्का गरियो र सन् २०१६ को मे महिनामा ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग प्रस्ताव पारित भएको थियो । रुसेफलाई महाअभियोग लगाउनुको मुख्य कारण सरकारी कोषको अपचलन र भ्रष्टाचार नै थियो ।
हाम्रो देश नेपालमा पनि विगतदेखी नै यि र यस्ता किसिमका घटनाहरु घट्दै आइरहेका छन् । जस्तै लाउडा (धमिजा), टनकपुर, महाकाली, चमेलिया, वाइडबडी, स्वास्थ्य सामग्री खरिद प्रकरण, सुरक्षण मुद्रण, गुठी, पशुपती जलहरी, मेलम्ची खानेपानी, रासायनिक मल, नेपाल ट्रस्ट, सुपारी, यार्सागुम्बा, ललिता निवास, यति, ओम्नी, स्वदेशी उद्योग, दरबार हत्या काण्ड, ३३ किलो सुन, क्यान्टोन्मेन्ट, बूढीगण्डकी, तामाकोशी, भोटेकोशी, सीसी टीभी, एनसेल, ठेक्कापट्टा, फोरजी, बतास, पानट्याङ्कि, सिक्टा, सुडान घोटला.. लगाएतका थुप्रै काण्ड र भ्रष्टाचारका विषयहरु आयकै हुन् । त्यो समयमा हाइप्रोफाइल भनिने नेपाली कांग्रेसका नेताहरु खुम बहादुर खड्का, गोबिन्दराज जोशी चिरञ्जीवी वाग्ले, श्यामशरण गुप्ता जेल गए तर पनि उनीहरुको राजनैतिक पेस्ट्रीज घटेन बरु जेल बाट निस्किदा कांग्रेसका नेता, कार्यकर्ताहरुले फुलमाला लगयर स्वागत गरे । यो नेपाल र नेपाली जनताको लागी दुर्भाग्य हो । यी सबका सब काण्डहरुको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गरिनुको साथै उनीहरुले भ्रष्टाचार गरेको सम्पती सरकारले कब्जा गर्नु पथ्र्याे । तर यसो भएन यो नहुनुको कारण यो दलाल संसदीय व्यवस्था र यसले आफ्नो अनुकुल बनाएको कानुन हो । यो कानुनका अप्ठ्यारा र बाधा व्यवधानहरुलाई फुकाएर आम जनताको मनोभाव बुझेर वर्तमान सरकारले भ्रष्टाचार विरुद्धको कारबाही अगाडि बढायो भने यो सरकार र यसको नेतृत्वको धुमिल राजनितीक अस्थित्व फेरी एक चोटि सफा हुनेछ । फेरीपनि भ्रष्टाचार विरुद्धको कारबाहीलाई सरकारले जसरी एउटा पहल गर्न खोजिरहेको छ र यो स्वागत योग्य पनि छ ।
माछो माछो भ्यागुतो भने भने झै तर पनि यस्लाई राजनीतिक आडमा कता कति बचाउन खोजिरहेको संकेत पनि देखिरहेका छन् । जस्तै टोप बहादुर रायमाझीलाई बचाउनको निम्ति एमाले अध्यक्ष केपी ओलीले खेल्न खोजिरहेको भुमिका र नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले निकालेको विज्ञप्तिले पनि संकेत गर्छ कि भ्रष्टाचारीहरुलाई बचाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिक पार्टी र नेताहरू नै लागि परेको देखिन्छ । यस्को अर्थ के हुन्छ भने भ्रष्टाचारको जालो तल देखि माथिसम्म बेरियको छ ।
यसर्थ भ्रष्टाचार कुनै आमुख व्यक्ति विशेषले भन्दा पनि यो दलाल संसदीय व्यवस्थाले गरिहेको छ । यसलाई समुल नष्ट गरी दलालि भ्रष्टाचार विहिन न्यायपुर्ण समाज निर्माण गर्न परिवर्तन चाहाने भ्रष्टाचार विरुद्ध लड्न चाहाने आम नेपाली जनताको लागी आन्दोलनको आँधिबेहरी सिर्जना गर्न यो सयम सुनौलो अवसर हो । हो आउनुहोस् यो सुनौलो अवसरलाई सत्ता परिवर्तनको महान जनविद्रोह र क्रान्तिमा जोडौं । हामी सबैले मनन गरौैं की स्वतन्त्रता, समानता, सुखी र खुशी जिवन प्राप्ति सँगै समृद्ध राष्ट्र निर्माणको लागि यो भ्रष्ट, दलाली र घुसघोरीले मक्किएको संसदीय व्यवस्थालाई परिवर्तन गरी यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एउटा अन्तिम लडाईं र क्रान्तिलाई घनिभूत ढंगले अगाडी बढाऔं ।