काठमाडौं ।अमेरिका लैजाने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेकाे बताएको छ। उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ । तर, उनी हिजो र आज सार्वजनिक विदा भएको कारण काठमाडौंमा आई लुकेर बसेका छन् । यसअघि उनले हिजो आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए । तर, भैरहवाबाट उनी एकाएक गायब भएको समाचार आएका थिए ।
उनले काठमाडौं आउनुपुर्व प्रहरी प्रमुख वसन्त कुँवरसँग सम्पर्क गरेको बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । प्रहरीले हिजो नै सन्दीपविरुद्ध तीन दिनको समय अदालतबाट लिएर अनुसन्धान थालेको छ।