२ कार्तिक २०८१, शुक्रबार

पार्टी एकता घाेषणासभा सम्पन्न

काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा सम्पन्न भएको छ।

शनिवार काठमाडौमा रहेकाे स्काई दरबार काे हलमा १३४ओैँ मजदुर दिवसको अवसरमा पार्टी एकत घाेषणा कार्यक्रम सम्पन्न भयकाे हाे ।

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर पुनर्गठन भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्दै अध्यक्ष माेहन वैद्य किरणले एकता नेपाली क्रान्तिको ऐतिहासिक आवश्यकताको अभिव्यक्ति रहेको बताए । नेपाली जनता, पार्टी नेता–कार्यकर्ता र योद्धाले इतिहासमा धेरै रगत बगाएको सन्दर्भ उठाउँदै अध्यक्ष किरणले विगतमा जनताले अद्वितीय योगदान गरेर पनि आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद प्रबल हुँदा जनताले चाहेको जनवादी सत्ता प्राप्त हुन नसकेको र अब यो एकता तथा यसले निर्माण गरेको नयाँ क्रान्तिकारी धार र मूल प्रवाहले मरणासन्न प्रतिक्रियावादी संशोधनवादी शक्ति र दलाल पुँजीवादी सत्ता ढालेर वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए ।

वैदेशिक प्रतिक्रियावाद र साम्राज्यवादको इशारामा पुराना संसद्वादी शक्तिलाई विस्थापित गर्दै नामै नसुनिएका पात्र र समूहहरू अचानक आए पनि यो साम्राज्यवादको सीधासिधी उपस्थिति मात्र रहेको र सर्वहारा वर्ग कमजोर भएको मौकाको फाइदा उठाएर झुल्किएका साम्राज्यवादका नयाँ दलालहरूलाई पनि नयाँ जनवादी क्रान्तिले बढारिदिने अध्यक्ष किरणको भनाइ थियो । उनले भने, ‘जङ्गलमा सिंह बिरामी भयो भने स्यालहरू कराउन थालेजस्तै भएको हो । अब सिंह उठिसकेको छ । अब स्यालको शासन चल्दैन ।’ क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणको ढोका खुलेको भन्दै नेता किरणले महाधिवेशनसम्म जाँदा मशाललगायत क्रान्तिकारीहरूसँग एकता भइसक्ने विश्वास व्यक्त गरे ।

पार्टी बनाएर सत्तामा जानका लागि नभएको प्रस्ट पार्दै अध्यक्ष किरणले दलाल पुँजीवादी सत्ता अन्त्य गरेर जनसत्ता स्थापना गर्नका लागि भएको यो एकताले क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणका लागि मार्गप्रसस्त गरेको पनि बताए।

पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले हिजो एउटा आवश्यकताले पार्टीमा फुट र विभाजन भएको भए पनि क्रान्तिको आवश्यकता र विकसित चेतनाका कारण क्रान्तिकारी शक्तिहरूबीच पुनः एकता भएको प्रस्ट पारे । यो एकता सामान्य परिघटना र इतिहासको पुनरावृत्ति नभएर हिजो एकताकेन्द्र निर्माण भएपछि जनयुद्ध आरम्भ भएझैँ क्रान्तिको आवश्यकता पूरा गर्न, सहिद, बेपत्ता योद्धा र घाइतेका अधुरा सपना साकार पार्न भएको यो एकताले प्रतिक्रियावादी र संशोधनवादीहरूले बजारमा चलाएको क्रान्ति असम्भव छ भन्ने हल्ला खारेज गर्दै क्रान्ति सम्पन्न गरेरै छोड्ने उद्घोष गरे ।
जनयुद्धका उपलब्धिहरू स्वाहा पार्दै तत्कालीन पार्टीको मूल नेतृत्व साम्राज्यवादको शरणमा परे पनि यो एकता र यसले आरम्भ गरेको क्रान्तिकारी शक्तिबीचको ध्रुवीकरण अभियानले लुटेरा वर्गको सत्ता अन्त्य गरिदिने ठोकुवा नेता कञ्चनले गरे । अब सर्वहारा वर्गले पछिल्लो प्रविधि प्रयोग गरेर क्रान्तिलाई विजयसम्म लैजाने विश्वास नेता कञ्चनको थियो । उनले भने, ‘उत्पीडित, अपहेलित, शोषित जनतालाई जसले सम्बोधन गर्न र समेट्न सक्छ, उसैले क्रान्तिमा विजय हासिल गर्न सक्छ । त्यो काम अब क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्छ।

साम्राज्यवादले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि हैकम जमाएको तर शासकहरू उसैको सेवा गरिरहेको सन्दर्भ उठाउँदै नेता कञ्चनले जनताले देश र श्रमिक जनतालाई यो सङ्कट र उत्पीडनबाट मुक्त गर्न जनयुद्धजस्तै क्रान्ति चाहेको र क्रान्तिकारी शक्तिहरूले क्रान्तिकै माध्यमबाट देश र जनताको इच्छा र आवश्यकता पूरा गरिदिने पनि बताए । दलाल पुँजीवादी सत्ता पूर्ण रूपले असफल भइसकेको र संसद्वादी शक्तिहरूप्रति जनताको चरम अविश्वास रहेकाले अब क्रान्तिको उभार आउने र जनता मुक्त हुने विश्वास प्रवक्ता कञ्चनले व्यक्त गरे । उमेरले क्रान्ति गर्ने नभएर विचार, दृष्टिकोण, लाइन र सिद्धान्तले क्रान्ति गर्ने भएकाले यही अनुभवी, प्रौढ र क्रान्तिकारी नेतृत्वबाट क्रान्ति सम्पन्न हुने नेता कञ्चनले बताए ।

कार्यक्रममा सल्लाहकार समितिका अध्यक्ष असारे काकाले क्रान्ति सजिलो विषय नभए पनि जनयुद्धको पहलकर्तामध्येका अधिकांश नेता क्रान्तिकारी लाइनमाा भएकाले क्रान्ति सम्पन्न हुने विश्वास व्यक्त गरे । जनताको आधारभूत समस्या समाधान गर्ने क्रान्तिकारी पार्टी आवश्यक रहेको र यो एकताले त्यो शक्ति प्राप्त भएको भन्दै अब दृढ विश्वासका साथ क्रान्तिमार्गमा अग्रसर हुनुपर्ने पार्टी सल्लाहकार काकाले बताए । आफू ८२ वर्षको भए पनि मनले अझै क्रान्ति खोजिरहेको र क्रान्तिमै रमाउन चाहिरहेको भन्दै उनले युवा क्रान्तिकारीहरूलाई अझै उत्साहित पारे । अर्का सल्लाहकार कमल चौधरीले नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आएकै कारण क्रान्ति सम्पन्न हुन नसकेको भन्दै अब यो एकताले क्रान्ति सम्पन्न गर्ने दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे ।

नेकपा मशालका पोलिटब्युरो सदस्य चिन्तामणि पौडेलले पार्टी एकता घोषणासभामा शुभकामना मन्तव्य दिँदै मालेमावादीहरूबीच क्रान्तिकारी ध्रुवीकरण हुनुपर्ने र आफ्नो पार्टी पनि निकट भविष्यमै एकता प्रक्रियामा आउने बताएका थिए ।

कार्यक्रमकाे अध्यक्षता सिपि गजुरेल (गाैरव)ले गरेका थिय भने संचालन हेमन्त प्रकाश ओेलि (सुदर्शन) र स्वागत मन्तब्य कार्यलय सदस्य राम सिंह श्रिसले  गरेकाे कार्यक्रममा पार्टी एकता घोषणा वक्तव्य वाचन गर्दै पार्टी कार्यालय सदस्य उदयबहादुर चलाउने (दीपक) ले यो विशिष्ट प्रकारको एकता नवीन क्रान्तिको घोषणा रहेको र अर्को जनयुद्धको पूर्वतयारीसमेत रहेको बताए ।

कार्यक्रममा राजधानी वरिपरिका छिमेकि जिल्लाबाट जनमासकाे सहभागीता रहेकाे थियाे । भने बिचबिचमा जनवादी कलाकारहरुद्वारा साँस्कृतिक प्रस्तुतिहरु प्रर्दसन गरियकाे थियाे ।