२ कार्तिक २०८१, शुक्रबार

सुनचाँदी व्यवसायी संघ जाजरकोटको अध्यक्षमा बिनोद शाह

जाजरकोट ।सुनचाँदी व्यवसायी संघ जाजरकोटको अध्यक्षमा बिनोद शाह सर्वसम्मत निर्वाचित भएका छ्न् । सदरमुकाम खलंगामा शनिवार भएको प्रथम साधारण सभा तथा अधिवेशन बाट शाह सर्वसम्मत निर्वाचित भएका हुन।

यस्तै उपाध्यक्षमा जगत शाह, सचीवमा ललित सुनार, सह- सचिवमा अमृत सुनार, कोषाध्यक्षमा सर्वजित शाह सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मनकला सुनार,भागिरथ सुनार गरि ७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।