२ कार्तिक २०८१, शुक्रबार

मेराे गुरु धन्यवाद

लेखक : राधिका हमाल

मेराे प्याराे गुरु धन्यवाद छ ।

हिजाे हजुरले हात समातेर क लेख्न सिकाउनु भयाे

आज म हजुरकै लागि एउटा कविता लेख्ने काेसिस गर्दैछु ।

हिजाे हजुरले अ  सुन्न  चिच्याउनु भयाे ,

आज म उच्च शिक्षा पढ्न तैनाथ भयकि छु ।

हिजाे हजुरले १ भन्न रिसाउनु भयाे ,

आज म हजुरकै कारणले छलाङ हानेकि छु ।

तर हजुरलाई उहीँ अवस्थामा देख्दैछु ।

प्रतेक प्रियिएडमा सफलताको बारे सिकाउनु भयाे ,

सफल बन्ने सपना  सिकाउनु भयाे ,

सफलताको बाटाेमा हिडिरहेकि छु ।

पढ्ने ,लेख्ने जागर नहुदा हाैसला बढाउनु भयाे ,

हाम्राे भबिस्यबाणी  गरिदिनु भयाे ,

मेराे प्याराे गुरु धन्यवाद ।।

हाम्रो दाेश्राे गार्जेन बनिदिनु भयाे ,

हामीलाई छाेरि र छाेराकाे दर्जा दिनु भयाे ।

कहिलै दुखि नहुने उपाय दिनु भयाे ,

निराशा नहुने ज्ञानकाे ज्वति दिनु भयाे ।

धन्यवाद छ मेराे गुरु , शिक्षित जीवन दिनु भयाे ।

हाम्रा अन्तर कुन्तरका कुन्ठा हरु हटाउनु भयाे ।

लुकेर बसेका संकृणता मेटायर जानू भयाे ।

खुल्ला मैदानमा भिड्ने जुक्ति दियर जानू भयाे ।

हाम्रा आनि बानिमा भाटा लगायर पनि

स्पातिलाे र फुर्तिलाे जीवन बनाईदिनु भयाे ।

मेराे प्याराे गुरु धन्यवाद ।।

हजुरले सिकाईएका  सबै तरिका हाम्रालागि अमुल्य सम्पत्ति हुन ।

हजुरले छाेडेका हरेक पलहरु लाई हर्दम लागू गर्ने प्रण गर्दछु ।।

धन्यवाद मेराे प्याराे गुरु , ।।।धन्यवाद ,।।।

 

लेखक : कुशे गा. पा. ४ मालटाकुरा मा.बि. तम्ति जाजरकोट मा अध्ययनरत छात्रा राधिका हमाल हुन । साेहि बिद्यालय शिक्षण सिकाइ सहयोग अनुदान मा.बि गणित बिषयमा  अध्यापन गराईराखेका शिक्षक प्रमेश्वर शाहलाई बिदाका लागि राखियकाे कार्यक्रममा कविता  बाचन गरेकि थिईन । शिक्षक शाहले प्रा.बि तृतीय श्रेणी स्थायी शिक्षकमा सबै चरण पूरा गरि नाम निकालि सफल भयका छन ।

शिक्षक शाहलाई बिदाई गर्दाका फाेटा :