७ मंसिर २०८१, शुक्रबार

बिरानाे शहर

लेखक : रणदिप

बिरानो शहर
पुर्खाहरु ले भन्ने र सुन्ने गरेको शहर
मेरो पौज भन्दा धेरै टाढा ठानिएको शहर ।
गाउका लज्जाउने र शहरका ले गिज्याउने
प्रचलनै बसालिएको मेरो शहर

ठुला ठुला अपरिबर्तनिय पर्खालहरु भत्ताउदै
रोल्पाको झुपडी बाट ढाडमा हसियाँ र कटी भिरेर
निस्क्यो र भन्यो महिले नचिनेको र बिरानो शहर खै ?
उस्लाई कस्ले के भने ईतिहास भैसक्यो तर
उस्ले जे चाहेको थियो त्यो पूरा भएर छाड्यो ।
गाउर शहरको अपत्यारिलो भेद मेटिने दिशामा उद्दत छ ।
गाउमा रहेका शोषणरुपी कुरुप अनुहारहरु
शहरका गल्ली गल्ली चोक चोकमा छन
त्याहाँ गरिबी छ याहाँ गरिबी छ
हुदाहुदा नियाले हेर्दा त्याहाँ भन्दा याहाँ पो बढी छ ।
बहुजाती बहुभाषा बहु सस्कृती को धनी
मेरो शहर
साझा फुलबारीका थरिथरिका फुलहरुलाई
एउटै मालमा उईनिएर पहिरने ईक्छा राख्दछ
उड्ने गुड्ने र भारी बोक्नेहरुको दिनचर्यामा
समानता को संसार बनाउने ध्याय राख्छ
मेरोशहर
हिमालका हिम नदीहरु समुन्द्रमा बगेको देख्न चहान्छ
तराईका फाटहरुमा रोल्पाली दाईको झुपडी होसभन्ने चाहान्छ
हुदा हुदा उ रोल्पाली दाईको बाटोमा
ब्यरोकठोक यात्रा गर्न चाहान्छ
र उ भन्छ हिमसृखला र पर्वत सागर
जहाँ जाउँ संगै जाउ जे खाउ संगै खाउ
बिगत शहर र गाउको बिभेदकारी खाल्डो पुरौ
अनि नयाँ सुन्दर अजम्वरी यात्र गरौ
भनिरहेको मेरो बिरानो शहर

बिद्रोहको आँगो ओकल्न तयार
नया बिचार को अगुवाई गर्न तयार
पुजिवादको मलामी र समजवादलाई सलामी गर्न
तयार भएर देश लाई नियालिरहेको मेरो शहर
हिजो बिराईनो बनाईएको शहर

आज रमाईलो र सुन्दर मेरो शहर ।
हातहातमा मशाल बोकेर समाजवादी यात्राको महाँसंग्राममा
(लड्दै पड्दै र दौडिदै बढीरहेको छ मेरो बिरानो शहर )2

लेखक : नेकपा केन्द्रीय सदस्य हुन