२४ पुस महेन्द्रनगर । कञ्चनपुरका एक जना जनप्रतिनिधिले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रोजेका छन् ।
संसदीय राजनीतिको विरोध गर्दै आएको नेकपा बहुमत पार्टीमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडा अध्यक्ष बहादुरसिंह महरा प्रवेश गरेका हुन् ।
उनले वडा अध्यक्ष भए पनि जनचाहनाअनुरुपको कार्य गर्न नसकिएको भन्दै वडाअध्यक्ष पदबाट राजीनामा दिएर नेकपा बहुमत रोजेको बताय । महराले भनेका छन्, ‘जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेको र साक्षी किनाराको भूमिका निभाउँदा जनमतको अपमान हुने देखियो ।’
त्यही अपमानबाट जोगिन आफू जनप्रतिनिधिको जिम्मेवारीबाट हटेको उनले बताए ।