२ कार्तिक २०८१, शुक्रबार

चुनावमा हुलदंगा गरेर मतदान गर्न बन्चित गरियाे : केपि शर्मा ओली

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचन निर्वाचन जस्तै नभएको बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा उनले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए ।

तपाईंहरुले एमाले पहिलो पार्टी भएन भन्नुभयो,’ ओलीले कार्यक्रममा भने, ‘तपाईँको गोजीमा भएको पैसा लुटेपछि तपाईँसँग कम भइहाल्छ नि, गठबन्धनले लुटेको छ ।’

चुनावमा मान्छे मर्दा पनि नबोलेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको पनि आलोचना गरे ।