११ श्रावण २०८१, शनिबार

बिश्वकप : इरान बिरुद्ध अमेरिका १:० गाेलले विजेता ।

कतार विश्वकप २०२२ अन्तर्गत समूह बीको खेलमा इरानविरुद्ध अमेरिकाले १–० गोल अन्तरको अग्रता लिएको छ।क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका हुन्।समूह बी बाट उपविजेता बनेपछि अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ ।

सन् १९७८ यता छैटौंपल्ट विश्वकप खेलेको इरान अहिलेसम्म पहिलो चरणबाट माथि उठ्न सकेको छैन । यसपल्ट उनीहरुका लागि सबैभन्दा सहज र ठूलो अवसर थियो । किनभने समूहचरणको खेलमा इरान इंग्ल्याण्डसँग हारे पनि वेल्सलाई २:० गोलले हराएको थियो । अन्तिम खेलमा बराबरीकै नतिजा उसका लागि पर्याप्त थियो ।

अन्तिममा इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपमा नकआउट चरणमा पुग्यो । अमेरिकाले चौथोपल्ट विश्वकप खेलेकोमा तेस्रोपल्ट नकआउट चरणमा पुगेको हो ।